BIZMANDU
www.bizmandu.com

एचएच बजाजले खोल्यो नेपालगञ्जमा नयाँ सर्भिस सेन्टर, गुणस्तरिय सर्भिस र स्पेयर्स सुविधा

२०७० चैत्र १९

एचएच बजाजले खोल्यो नेपालगञ्जमा नयाँ सर्भिस सेन्टर, गुणस्तरिय सर्भिस र स्पेयर्स सुविधा
एचएच बजाजले खोल्यो नेपालगञ्जमा नयाँ सर्भिस सेन्टर, गुणस्तरिय सर्भिस र स्पेयर्स सुविधा

काठमाडौं । बजार मोटरसाइकलको नेपाल स्थित अधिकृत बिक्रेता गोल्छा अर्गनाइजेसन अन्तर्गतको एचएच बजाजले नेपालगञ्जको करकादो चोकमा नयाँ सर्भिस सेन्टर स्थापना गरेको छ । ग्राहकलाई गुणस्तरिय सर्भिससँगै स्पेयर्स सुविधा दिने सेन्टर खोलेको कम्पनीले जनाएको छ ।
नेपाल ट्रेड च्यानलले सञ्चालन गरेको नयाँ सेन्टर एचएच बजाजका उप महाप्रबन्धक चिरञ्जीवी शाहले उद्घाटन गरे । सेवाको गुणस्तर बृद्धि गर्न कम्पनी प्रतिबद्ध रहेको र त्यसै बमोजिम सर्भिस सेन्टर स्थापना गरेको शाहले दाबी गरे ।

Tata
GBIME
Nepal Life