BIZMANDU
www.bizmandu.com

सिजी इलेक्ट्रोनिक्सको नयाँ बर्ष उपहार योजना, कुकिङ किटदेखि चाँदीको सिक्कासम्म

२०७० चैत्र १९

काठमाडौं । चौधरी समुह अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नयाँ बर्ष २०७१ कोे अवसरका हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । नयाँ बर्षको सौगात नाममा सार्वजनिक गरिएको योजना अनुसार ‘सिजी होम इन्टरटेन्मेन्ट, होम अप्लाइन्सेस र सिजी स्मार्ट होम अप्लाइन्सेस’ को खरिदमा हात खाली नजाने उपहार कार्यक्रम सञ्चालन गरिएको हो ।
कम्पनीले २४, २८ र ३२ इन्चको सिजी एलईडी टिभी खरिद गर्नेलाई १५ ग्राम चाँदी उपहार दिने भएको छ । यस्तै, ३९ र ४२ इन्चको सिजी एलसिडी÷एलईडी टिभी किन्नेले सिजी इन्डक्सन कुकर पाउनेछन् । सिजी रेफ्रिजेरेटरका खरिदकर्ताले कम्बो किट, सिजी वासिङमेसिन किन्नेले स्टिम आइरन उपहार पाउने कम्पनीले जनाएको छ । नयाँ बर्षको अवसरमा एयर कन्डिसन किन्नेलाई सित्तैमा जडान गरिदिने तथा माइक्रोओभन किन्नेलाई कुकिङ किट दिने कम्पनीले जनाएको छ । २० चैत देखि सिमित अवधिका लागि योजना सञ्चालन गर्ने जनाइएको छ ।

Tata
GBIME
Nepal Life