BIZMANDU
www.bizmandu.com

नेप्सेमा बुटवल पावर चम्कियो, टेलिकमको मूल्य बढ्यो, एसबिआईका सेयरधनी निरास

२०६९ भदौ ६

नेप्सेमा बुटवल पावर चम्कियो, टेलिकमको मूल्य बढ्यो, एसबिआईका सेयरधनी निरास
नेप्सेमा बुटवल पावर चम्कियो, टेलिकमको मूल्य बढ्यो, एसबिआईका सेयरधनी निरास

काठमाडौं । युनिलिभरपछि बुटवल पावर कम्पनीको सेयर मूल्य चम्किन थालेको छ । यो साता सुरु भएपछि बुटवल पावरको नेपाल स्टक एक्सचेञ्जमा तीन दिन कारोवार हुँदा तीनै पटक सेयर मूल्यमा ठूलो वृद्धि भयो । बुधवार पनि बुटवलको प्रतिसेयर २४ रुपैयाँले बढ्यो, बुटवल पावरको आइतवार १० रुपैयाँ र मंगलवार १७ रुपैयाँले सेयरमूल्य बढेको थियो । बुटवल पावरले गत साता अघिल्लो आर्थिक वर्षमा ५६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।
अरुण भ्यालीको बुधवार थप चार रुपैयाँले सेयर मूल्य तल झर्यो, मंगलवार अरुण भ्यालीका लगानीकर्ताले प्रतिसेयर १३ रुपैयाँ गुमाएका थिए । चिलिमे हाइड्रोपावरका सेयरधनीले पाँच रुपैयाँ कमाएका छन् । बुधवार सिटी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आश्चर्यजनक वृद्धि भयो । प्रतिकित्ता १४ रुपैयाँले सेयर मूल्य बढेपछि कम्पनीको प्रतिसेयर मूल्य १६३ रुपैयाँ पुग्यो ।
हामा मर्चेन्टका सेयरधनीले १४ रुपैयाँ गुमाउनुपर्यो, मंगलवार पनि १० रुपैयाँको बढोत्तरी भएको हिमालयन बैंकको प्रतिसेयर मूल्य बुधवार १२ रुपैयाँले बढ्यो । गत आर्थिक वर्षमा बैंकले नाफा एक अर्ब नघाउँदै बिलिनायर्स क्लवमा डेब्यु गरेको थियो । लाइफ इन्सुरेन्स कम्पनी नेपालका सेयरधनीले प्रतिसेयर १८ रुपैयाँ गुमाउनुपर्यो, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले पनि १३ रुपैयाँ गुमाउनुपर्यो ।
नेपाल एसबिआईका सेयरधनीले बुधवार पनि प्रतिसेयर १८ रुपैयाँ गुमाउनुपर्यो, नगद लाभांशको प्रस्ताव गरेपछि सेवा विकास बैंकको प्रतिसेयर मूल्य १० रुपैयाँले बढ्यो । सूर्यालाईफका सेयरधनीले पनि १० रुपैयाँ कमाए । बुधवार स्टकमा नेपाल  टेलिकमको सेयर चार रुपैयाँले बढेपछि अन्यसमूहको सूचकमा हरियो बत्ती बल्यो, जलविद्युत समूहमा बुटवल र चिलिमेको सेयरमूल्य बढेपछि यो समूहको सूचकांक पनि १० अंकले बढ्यो । इन्सुरेन्स र होटल समूहको नेप्से सूचकांक बढेपछि नेप्से शुन्य दशमलव ५८ अंकले बढ्यो । नेप्सेमा बुधवार चार करोड ६५ लाख रुपैयाँको सेयर कारोवार भयो ।

Tata
GBIME
Nepal Life