BIZMANDU
www.bizmandu.com

तरलता थुप्रिएर अन्तर बैंक सापटी दर ०.१३ प्रतिशतमा झर्‍यो, कर्जा–निक्षेप अनुपात ७० प्रतिशत

२०७० चैत्र १७

काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेपछि बैंकहरुले आपसमा लिने सापटीको दर फेरी घट्न थालेको छ। अन्तर बैंक सापटी दर बर्षकै न्युन ०.१३ प्रतिशत कायम भएको छ। अघिल्लो बर्ष यति बेला अन्तर बैंक सापटी दर २.८ प्रतिशत थियो।
गत अप्रिलमा ६.७२ प्रतिशत कायम भएको अन्तर बैंक त्यसको एक महिनपछि १.२ प्रतिशत हुँदै ०.८ प्रतिशतमा झरेको थियो। बर्षभरीमा सापटी दर ०.२ प्रतिशतभन्दा तल गएको थियो। सरकारले विकास खर्च वढाउन थालेपछि बैंकमा निक्षेप थपिएर सापटी दर थप घटेको हो।
{“dataSourceUrl”:”//docs.google.com/spreadsheet/tq?key=0Ar2GHH90T8s0dEJYMDVJYWh2b1NfR3FiVmVzdV9LOHc&transpose=0&headers=1&range=A1%3AB14&gid=0&pub=1″,”options”:{“titleTextStyle”:{“bold”:true,”color”:”#000″,”fontSize”:16},”vAxes”:[{“title”:null,”useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null}],”title”:”Chart title”,”booleanRole”:”certainty”,”height”:371,”animation”:{“duration”:500},”legend”:”right”,”width”:600,”hAxis”:{“title”:””,”useFormatFromData”:true,”minValue”:null,”viewWindowMode”:null,”viewWindow”:null,”maxValue”:null},”isStacked”:false,”tooltip”:{}},”state”:{},”view”:{“columns”:[{“calc”:”stringify”,”type”:”string”,”sourceColumn”:0},1]},”isDefaultVisualization”:false,”chartType”:”ColumnChart”,”chartName”:”Chart 1″} बाणिज्य बैंकहरुसँग यति बेला ११ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। बैंकहरुले कर्जा लगानी भने आठ खर्ब ३९ अर्ब रुपैयाँ मात्र गर्न सकेका छन्। निक्षेप वढ्ने तर कर्जा लगानी नहुने भएपछि बैंकहरुसँग बचत (सरप्लस) रकम बृद्धि भएको हो। बचत रकम उच्च हुन थालेपछि अन्तर बैंक सापटी दर घटेको हो।
निक्षेपको बृद्धिले कर्जा–निक्षेप अनुपात पनि घटेको छ। कर्जा र निक्षेपको मात्र अनुपात अहिले ७४.७१ प्रतिशत छ भने यसमा प्राथमिक पुँजी पनि गणना गर्ने हो भने कर्जा–निक्षेप अनुपात ७० प्रतिशतमा झरिसकेको छ। डेढ महिनाअघि कर्जा–निक्षेप अनुपात ७७ प्रतिशतको हाराहारीमा पुगिसकेको थियो। बैंकहरुले कर्जा–निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम राख्नु पर्ने हुन्छ। यस्तो अनुपात फराकिलो हुँदो बैंकिङ प्रणालीमा बचत थुप्रिएर लगानी हुन नसकेको संकेत गर्छ। 
बैंकहरुले ब्याज घटाए पनि निक्षेपमा बृद्धि भएको हो। अहिले ठूला बैंकले बढीमा पाँच प्रतिशत ब्याज दिइरहेका छन् भने साना र मझौलाले साढे छ प्रतिशतसम्म दिएका छन्। यता सस्तोमा कर्जा पाएपनि ऋण जान सकेको छैन। अहिले १० प्रतिशतमा सजिलै कर्जा पाइन्छ। 
बैंकरका अनुसार, घर र गाडीका लागि केही समयअघिसम्म कर्जा गएपनि केही सातादेखि पहिलेजस्तो जान छाडेको छ। बैंकरले तेस्रो त्रैमास नजिकिँदै गएपछि सेयर कर्जामा पनि कडाइ गर्दै लगेका छन्। अहिले व्यापारिक प्रयोजन वाहेक अन्य कर्जा गएको छैन। 

Tata
GBIME
Nepal Life