BIZMANDU
www.bizmandu.com

विद्यार्थीलाई नेपाल टेलिकमको सीम, एक सयमा एक सय अफर तीन दिन थप

२०६९ भदौ ६

विद्यार्थीलाई नेपाल टेलिकमको सीम, एक सयमा एक सय अफर तीन दिन थप
विद्यार्थीलाई नेपाल टेलिकमको सीम, एक सयमा एक सय अफर तीन दिन थप

काठमाडौ । नेपाल टेलिकमले प्लस टु विद्यार्थीलाई लक्षित गर्दै एक सय रुपैयाँमा प्रिपेड सीम दिने योजना तीन दिन थप गरेको छ । विद्यार्थीको मागलाई ध्यान दिएर तीन दिन थप गरिएको टेलिकमले जनाएको छ । एक सय रुपैयाँको प्रिपेड सिममा एक सय रुपैयाँकै टक टाइम रहने कम्पनीले जनाएको छ ।
योजना यही भदौ ३ देखि ५ गतेसम्म मात्रै लागु हुने कम्पनीले यसअघि जनाएको थियो । यो सिम लिन विद्यार्थीले नागरिकता प्रमाणपत्र, आवेदकको नागरिकता प्रमाणपत्र नभएमा निजको अभिभावकको नागरिकताको प्रमाणपत्र तथा आवेदकको चारित्रिक प्रमाणपत्र, भर्ना रसिद वा विद्यार्थी परिचयपत्रको प्रमाणित प्रतिलिपी पेस गर्नुपर्ने शर्त राखेको छ ।  
यो सिमकार्ड टेलिकमका टेकु, छाउनी, गोंगबु, भद्रकाली(हात्तिगौंडा), चावहिल, नक्साल, पाटन, ठिमी, भक्तपुर, बनेपा, चौतारा, बाह्रविसे, चरिकोट, धादिङ, त्रिशुली, कीर्तिपुर र अल्फाबेटा कम्प्लेक्स बुद्धनगरमा पाइने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life