BIZMANDU
www.bizmandu.com

१० अर्ब रुपैयाँको सेयर माग परेको रिडी हाइड्रोपावरको मंगलवार बाँडफाट, बाँडफाट मोडल नयाँ

२०७० चैत्र १६

काठमाडौं । रिडी हाइड्रेपावर कम्पनीको मंगलवार सेयर बाँडफाट हुने कम्पनीको बिक्री प्रबन्धक भिष्मराज चालिसेले बताए । उनले भने, ‘हामीले मंगलवार सेयर बाँडफाट गर्ने छौं ।’ उनले बाँडफाट मोडल नया भएको बताएपनि यसबारे जानकारी अहिले नै दिन नसकिने उल्लेख गरे । 
११ करोड ७० लाख रुपैयाँ बराबरको ११ लाख ७० हजार कित्ता सेयर निस्कासन गरेको रिडीमा आवेदन भने १० अर्ब ५३ करोड रुपैयाँको परेको थियो । ८६ हजार आवेदन मार्फत् लगानीकर्ताले सेयर माग गरेका हुन ।   ३० करोड जारी पुँजी रहेको कम्पनीले निष्कासित गरेको मध्ये ५८ हजार पाँच सय कित्ता सामुहिक लगानी कोष र २३ हजार चार सय कित्ता सेयर कर्मचारीलाई आरक्षित गरिएको  थियो  । सर्वसाधारणले न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता माग गरेर आवेदन दिन  सकिने व्यवस्था गरिएको थियो  । प्रति सेयर मुल्य १०० रुपैयाँ तोकिएको थियो । 
कम्पनीले रिडी खोलामा दुई दशमलव चार मेगावाटको जलविद्युत परियोजना सञ्चालन गरि रहेको  छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइ सकेको अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मुख्य प्रबद्र्धक रहेको छ ।  कम्पनीको सेयरमा जनता बैंकको नया बानेश्वर, भक्तपूर, ताप्लेजुङ, बिर्तामोड, गौर पोखरा, बुटवल, नेपालगंज, धनगढि  शाखा, रिडी हाइड्रोपावर कम्पनीको कार्यालय थापाथली, एलिट मार्केटको कार्याय जमल, सिभिल क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने व्यवस्था थियो ।    
कम्पनीमा प्रबद्र्धकले जारी पुँजीको ५१ प्रतिशत हुने गरि १५ करोड ३० लाख लगानी गरेका छन् भने प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत हुने गरि तीन करोड रुपैयाँको सेयर दिइएको छ । सर्वसाधारणलाई निस्कासन गरिएको सेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्नेछ । गत असोज मसान्तसम्ममा ७३ लाख ६० हजार मुनाफा गरेको कम्पनीले चालु आर्थिक बर्षमा तीन करोड ८५ लाख ५० हजार खुद मुनाफा कमाउने लक्ष्य राखेको छ । 
 
 

Tata
GBIME
Nepal Life