BIZMANDU
www.bizmandu.com

सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला ५८ हजार रुपैयाँ नाघ्यो

२०६९ भदौ ६

सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला ५८ हजार रुपैयाँ नाघ्यो
सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला ५८ हजार रुपैयाँ नाघ्यो


काठमाडौं । सुनको मूल्यले बुधवार अहिलेसम्मका सबै रेकर्डलाई पछि पार्दै नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी सघंले  बुधवारका लागि छापावाल सुन प्रतितोला ५८ हजार ५० रुपैयाँ तोकेको छ । यस अघि गत असार ६ गते सुनले ऐतिहासिक रेकर्ड बनाउँदै ५७ हजार सात सयको सीमामा पुगेको थियो ।
सोमवार र मंगलवार पनि सुन प्रतितोला ५७ हजार सात सयमा कारोवार भएको थियो । बुधवार  अघिल्लो दिनको तुलनामा साढे तीन सय रुपैयाँले मूल्य बढेपछि सुन प्रतितोला ५८ हजार रुपैयाँ नाघेको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपालको सुन बजारमा देखिएको हो । चाढपर्व नजिकिंदै जाँदा बढेको सुनको मूल्यले यो सर्वसाधरणको पहुँचभन्दा बाहिर गैसकेको देखाउँछ । बुधवार चाँदी पनि प्रतितोला १४ रुपैयाँ बढेको छ, मंगलवार चाँदी १५ रुपैयाँले बढेको थियो । चाँदी प्रतितोला एक हजार ६४ रुपैयाँ पुगेको छ ।

Tata
GBIME
Nepal Life