BIZMANDU
www.bizmandu.com

मारुतीको मानेसर प्लान्ट सुरु भयो, पहिलो दिन एक सय नयाँ कार उत्पादन

२०६९ भदौ ६

मारुतीको मानेसर प्लान्ट सुरु भयो, पहिलो दिन एक सय नयाँ कार उत्पादन
मारुतीको मानेसर प्लान्ट सुरु भयो, पहिलो दिन एक सय नयाँ कार उत्पादन

नयाँदिल्ली । कडा सुरक्षा व्यवस्थावीच मारुती सुजुकीको मानेसर प्लान्ट मंगलवारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा अएकै दिन मारुतीले एक सय वटा डिजेल गाडीको उत्पादन पनि गरेको छ । कम्पनीमा एक महिना अघि भएका दंगापछि मानेसरको यो प्लान्ट बन्द थियो । दंगामा करोडौं रुपैयाँको सम्पत्तीमा क्षती पुगेको थियो भने एक वरिष्ठ कर्मचारीको कामदारले हत्या गरेका थिए । मंगलवार इन्जिनियरहरुले एक सय ५० सुपरभाइजर र तीन सय कामदारलाई लिएर कम्पनी चलाएका थिए । बिहान आठ बजेदेखि साँझ चार बजेसम्म कम्पनी एक सिफ्ट मात्र सञ्चालन भएको थियो ।
कम्पनीमा एक÷दुई जनालाई छाडेर हिंसामा घाइते भएका सबै इन्जिनियर र सुपरभाइजर कार्यालय आएका थिए । कम्पनीमा हरियाणा प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ । पुलिसले मानेसर प्लान्ट वरपर १५ वटा पिसिआर भ्यानबाट पेट्रोलिङ गरेका थिए । कम्पनीमा काम गर्न आउने कर्मचारीको बस, वरिष्ठ कर्मचारीको गाडीलाई पनि प्रहरीले सुरक्षा व्यवस्था दिएको थियो ।
कम्पनीको सुरक्षामा एसएसपीको नेतृत्वमा १२ सय प्रहरी खटाइएको छ । कम्पनीका मुख्य महाप्रवन्धक वीरेन्द्र प्रकाशले सबै कर्मचारीलाई भेटेर सौहार्द वातावरणमा काम गर्न उत्साहित गरेका थिए । मंगलवारदेखि कम्पनीमा काम सुरु भए पनि विरोध भने भएन । बर्खास्त गरेका कर्मचारीले कम्पनीमा विरोध गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा गरिएको थियो ।

Tata
GBIME
Nepal Life