BIZMANDU
www.bizmandu.com

दंगा फैलाउन प्रेरित गरेको भन्दै भारत सरकारले बन्द गर्यो २४५ वेवपेज, कारवाही गर्न अपिल

२०६९ भदौ ५

नयाँदिल्ली । साम्प्रदायिक दंगा फैलाउन प्रेरित गरेको आरोपमा भारतले २ सय ४५ वेबपेज बन्द गरेको छ । त्यस्ता वेबपेजले भारतमा हिंसा भड्काउने दृश्य र भिडियो राखेका थिए । सोसल नेटवर्किङ साइटमा पाकिस्तानबाट यस्ता दृश्य राखेको आरोप भारतले लगाएको छ । भारतले पाकिस्तानबाट इन्टरनेटको माध्यमबाट भड्काउने खालका सामाग्री र दृश्य राख्ने व्यक्तिलाई कारवाही गर्न सूचना दिने जनाइसकेको छ ।
हामीले त्यस्ता व्यक्तिको सूचना पाइसकेका छौ । कारवाहीका लागि पाकिस्तान सरकारलाई प्रमाणसहित दिनेछौ, गृहसचिव आरके सिंहले पीटीआईसँग भने । एसएमएस र वेबसाईटमा फैलिएको हल्लाले बैंगलोर र हैदारावादमा रहेका पुर्वोत्तरका लाखौ व्यक्ति आफ्नो घर फर्किएका छन् । गृह सचिव सिंहका अनुसार केही वेबसाइट रोक्ने योजना सरकारले बनाइरहेको छ । यो घट्नाबाट चार लाख व्यक्ति प्रभावित भएको बताइएको छ । पछिल्लो समयमा हल्ला फैलिएर सुरक्षित रुपमा आफ्नो घर फर्किने क्रममा कमी आएको छ ।
आसाममा पछिल्लो दुई महिनामा भएको जातीय हिंसाको तस्विर र भिडियो वेबसाइटमा राखेर समस्या चर्काउने काम भएको थियो । भारत सरकारका अनुसार अनावश्यक हल्ला फैलाउन त्यस्ता व्यक्तिले फेसबुक, टिवटर र युटुब लगायतका सोसियल मिडिया(सामाजिक सञ्जाल)मा त्यस्ता तस्विर र भिडियो अपलोड गरेका थिए । यही कारणले भारतको इलोक्ट्रोनिक्स र सूचना औद्योगिक विभागले भारतीय र विदेशी वेबसाइट सञ्चालक कम्पनीलाई आपत्तीजनक सामाग्री नराख्न निर्देशन जारी गरिसकेको छ ।
सरकारले सोसियल मिडिया साइटको युर्जस रजिस्ट्रेसन समेत माग्न थालेको छ । यस्ता साइटले त्रास उत्पन्न गराउन थालेको निष्र्कष निकाल्दै युर्जसको रजिस्ट्रेसन मागिएको हो । भारतको गृहमन्त्रालयका अनुसार यस्ता आपतिजनक सामाग्री जुलाई १३ पछि राख्न थालिएको थियो । सोसल साइटमा राखिएको त्यस्ता दृश्य कम्प्युटर एनिमेसन गरेर राखिएको मन्त्रालयको दावी छ । मन्त्रालयका अनुसार खतरनाक दृश्यहरु पाकिस्तानबाट बढी राखिएको छ । आसाममा मुसलमान र बोडो आदिवासीबीच गत महिना सुरु भएको जातिय हिंसामा ८० जना मानिस मारिएका थिए ।

Tata
GBIME
Nepal Life