BIZMANDU
www.bizmandu.com

व्यवस्थापन र ट्रेड युनियनवीच विवाद, टोयोटा किर्लोस्करको बेङलोर प्लान्टमा ताला लाग्यो

२०७० चैत्र ३

व्यवस्थापन र ट्रेड युनियनवीच विवाद, टोयोटा किर्लोस्करको बेङलोर प्लान्टमा ताला लाग्यो
व्यवस्थापन र ट्रेड युनियनवीच विवाद, टोयोटा किर्लोस्करको बेङलोर प्लान्टमा ताला लाग्यो

मुम्बई । टोयोटा कम्पनीले बेङलोरको बिदादीस्थित दुईवटा टोयोटा किर्लोस्कर प्लान्टमा ताला लगाएको छ । विगत २५ दिनदेखिको श्रम विवाद समाधान नभएपछि कम्पनी बन्द गर्ने उद्देश्यले ताला लगाइएको टोयोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  यि दुई प्लान्टको तीनलाख १० हजार सेट कार प्रत्येक वर्ष उत्पादन गर्ने क्षमता रहेको छ ।
‘कर्नाटका श्रम विभागको मध्यस्थतामा व्यवस्थापन र ट्रेड युनियनबीचको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि प्लान्टमा ताला लगाइएको हो,’ विज्ञप्तिमा उल्लेख छ । विगत २५ दिनमा टोयोटा र ट्रेड युनियनबीच सातवटा बैठक भएको दि इकोनोमिक टाइम्सले जनाएको छ ।
वाताको बेला पनि ट्रेड युनियनले प्लान्टको काम ठप्प पार्ने, व्यवस्थापकहरुलाई प्लान्टमा प्रवेश नदिने गरेकोले प्लान्ट र व्यवस्थापनका कर्मचारीको सुरक्षाका लागि प्लान्ट बन्द गरिएको हो । ‘विगत २५ दिनको क्रियाकलाप हेर्दा कुनै विकल्प नदेखिएपछि प्लान्टमा ताला लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
टोयोटा किर्लोस्कर प्लान्ट टोयोटाको ८९ प्रतिशत र पुणेस्थित किर्लोस्कर ग्रुपको ११ प्रतिशत सेयरमा स्थापित अटो निर्माता कम्पनी हो । यसले पहिलो कार सन् १९९९ को डिसेम्बरमा बजारमा ल्याएको थियो । कम्पनीमा छहजार चारसय कर्मचारी र श्रमिक रहेका छन् । सन् २०१४ मा कम्पनीले तीनलाख १० हजार कार बनाउने लक्ष्य लिएको थियो ।
बेङलोर नजिकै चारसय ३२ एकडमा फैलिएको दुईवटा प्लान्टमा पहिलो प्लान्टको क्षमता एकलाख कार प्रति वर्ष र दोस्रोको दुईलाख १० हजार कार प्रतिवर्ष रहेको थियो ।
यो प्लान्टबाट टोयोटाको भारतमा लोकप्रिय इनोभा, एसयुभी फर्चुन, कोरोला अल्टिस, इटिओस र लिभा कार बन्ने गरेको थियो । सन् २०१० देखि टोयोटाले यहाँ हाईब्रिड कार क्रेमी पनि बनाउन थालेको थियो । यसैगरी सिमित संख्यामा लक्जरी कार प्राडो, ल्याण्ड क्रुजर र प्रियुसको निर्माण पनि यहाँ हुने गरेको थियो ।

Tata
GBIME
Nepal Life