BIZMANDU
www.bizmandu.com

इन्धनमा भएको वृद्धि संगै हवाइ भाडा महंगियो, काठमाडौंबाट विराटनगर सात हजार माथि

२०७० चैत्र १

इन्धनमा भएको वृद्धि संगै हवाइ भाडा महंगियो, काठमाडौंबाट विराटनगर सात हजार माथि
इन्धनमा भएको वृद्धि संगै हवाइ भाडा महंगियो, काठमाडौंबाट विराटनगर सात हजार माथि

काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिसंगै हवाई भाडा पनि बढेको छ । शुक्रवार नेपाल आयल निगमले अन्य इन्धनसंगै हवाई इन्धनको मूल्य बढाएपछि सोमवारबाट लागू हुने गरि हवाई भाडा पनि वृद्धि गरिएको हो । शुक्रवारबाट हवाई इन्धनको मूल्य प्रतिलिटरमा छ रुपैयाँ वृद्धि भएको छ ।
विमान कम्पनीहरुले फ्युल सचार्जका रुपमा हवाई भाडा बढाएका हुन् । अबदेखि विमान कम्पनीले काठमाडौंदेखि बिराटनगरको सात हजार ७५, भैरहवाको छ हजार दुई सय पाँच, पोखराको चार हजार चार सय २० रुपैयाँ भाडा पुर्याएका छन् ।
यति एयरलाइन्सले समेत इन्धनको भाडामा मूल्य वृद्धि भएको जानकारी दिएको छ । यतिले ट्रंक सेक्टर अन्र्तगत काठमाडौंदेखि बिराटनगरको इन्धन भाडा तीन हजार तीन सय पाँच रुपैयाँ, धनगढीको पाँच हजार पाँच सय ४० रुपैयाँ पुर्याएको छ ।  त्यस्तै, काठमाडौं देखि भरतपुरको एक हजार आठ सय ७५ रुपैयाँ इन्धन भाडा रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले ट्रंक सेक्टरमा भएको इन्धन भाडा वृद्धि छुट, नेट रेट र बच्चाको भाडामा समेत लागू हुने उल्लेख गरेको छ । विमान कम्पनीहरुले भाडा तय गर्दा इन्धन भाडा मुख्य हिस्सा हुने गरेको छ ।    

Tata
GBIME
Nepal Life