BIZMANDU
www.bizmandu.com

आवाशीय घर कर्जाको धितो सीमा ७० प्रतिशत पुग्यो, ५० लाख धितो हुनेले ३५ लाख ऋण चलाउन पाउने

२०७० फागुन २९

आवाशीय घर कर्जाको धितो सीमा ७० प्रतिशत पुग्यो, ५० लाख धितो हुनेले ३५ लाख ऋण चलाउन पाउने
आवाशीय घर कर्जाको धितो सीमा ७० प्रतिशत पुग्यो, ५० लाख धितो हुनेले ३५ लाख ऋण चलाउन पाउने


काठमाडौं। मध्यम वर्गीय परिवारलाई बैंकमा जग्गा धितो राखेर ऋण लिन थप सजिलो भएको छ। नेपाल राष्ट्र बैंकले आवशीय घर कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले उचित बजार मूल्यको ६० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले आवाशीय घर कर्जाको सीमा बढाएको हो। रियलस्टेट कर्जामा भने यो नियम लागू हुने छैन। 
राष्ट्र बैंकले आवाशीय घर कर्जा लिनेहरुका लागि धितोको उचित बजार मूल्यको दुई तीहाइसम्म ऋण दिन पाउने व्यवस्था गरेको छ। दीर्घकालिन आम्दानीको स्रोत हुनेहरुले अब बैंकबाट पहिलेभन्दा केही वढी ऋण पाउने छन्। यसअघि ५० लाख धितो हुनेहरुले ३० लाख रुपैयाँसम्म ऋण पाउने गरेका थिए। नयाँ व्यवस्थापछि ऋणीले करिव ३५ लाख रुपैयाँसम्म ऋण पाउन सक्छन्।
बैंकहरुले कर्जाको ब्याज घटाइरहेको अवस्थामा धितो कम

Tata
GBIME
Nepal Life

                    केही ठूला बैंकको घर कर्जा ब्याज दर

 भएकै कारण ऋण लिन नपाएकाहरुलाई राष्ट्र बैंकको नीतिले फाइदा पुर्‍याउने छ। राष्ट्र बैंकले २०६६ पुस २ गते निर्देशन जारी गर्दै घरजग्गा कर्जामा कडाइ गरेको थियो। दुई बर्षयता राष्ट्र बैंकले आफ्नो नीतिलाई खुकुलो बनाउँदै लगेको छ। 
राष्ट्र बैंकले आवशाीय घर कर्जालाई यसअघि नै रियलस्टेटबाट हटाएको थियो। एक करोडभन्दा कम घर तथा जग्गा ऋणहरु रियलस्टेटको सीमाभित्र पर्दैनन्। राष्ट्र बैंकले आवाशिय, व्यापारिक तथा रियलस्टेट कर्जाको सीमा (कुल कर्जा प्रवाहको २५ प्रतिशतभन्दा वढी गर्न नपाइने व्यवस्था) लाई भने यथावत नै राखेको छ। अहिले बैंकहरुले घरजग्गा सम्वन्धित सबै ऋणहरु १५ प्रतिशतको हाराहारीमा झारिसकेकाले ऋण विस्तार गर्न अझै ठाउँ वाँकी छ।  बैंकले ब्याज दर घटाउन थालेपछि आवाशीय कर्जाको मागमा सुधार हुन थालेको छ।'साना साना घरजग्गा कर्जाको माग आउन थालेको छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने, 'मूल्य थप घट्छ र किनौला भनेर पर्खिएर बसेकाहरु पनि अब मूल्य यहाँभन्दा घट्दैन भन्नेमा पुगेका छन्।' 
उनले ब्याज दर कम भएका कारण पनि आवाशीय घर जग्गा कर्जाको माग आउन थालेको जानकारी दिए। अहिले बैंकहरुले आफ्नो लागत अनुसार साढे नौंदेखि १२ प्रतिशतसम्म आवाशीय घर कर्जा दिन थालेका छन्। चार बर्षअघि राष्ट्र बैंकले ऋणमा कडाइ गर्नासाथ ब्याज दर १७ प्रतिशतसम्म पुगेको थियो। बैंकहरुले साधारणतया पाँचदेखि २५ बर्ष अवधिसम्म घर कर्जा उपलब्ध गराउँदै आएका छन्। 
ठूला ठूला प्लटिङ र हाउजिङको 
कारोबारमा भने अपेक्षित सुधार देखिएको छैन। घरजग्गा व्यवशायीहरु साना साना घरजग्गा कारोबार वढेसँगै हाउजिङ तथा अपार्टमेन्टको कारोबारमा पनि सुधार आउने बताउँछन्।