BIZMANDU
www.bizmandu.com

मेगाको नाफा सात करोड १४ लाख, ग्राहक संख्या ७३ हजार नाघ्यो

२०६९ भदौ ४

मेगाको नाफा सात करोड १४ लाख, ग्राहक संख्या ७३ हजार नाघ्यो
मेगाको नाफा सात करोड १४ लाख, ग्राहक संख्या ७३ हजार नाघ्यो

काठमाडौ । मेगा बैंकले गत आर्थिक वर्षमा ७ करोड १४ लाख खुद नाफा गरेको छ । हलोदेखि हाइड्रो भन्ने नाराका साथ सञ्चालनमा आएको बैंकले १७ करोड ८५ लाख सञ्चालन मुनाफा गरेको थियो ।
स्थापनाको पहिलो बर्षदेखि नै हामी मुनाफा आर्जन गर्न सफल भएका हौं, तीव्र प्रतिस्पर्धा र राजनीतिक अस्थिरताका बीचमा पनि बैंकको नाफाले उत्साहित बनाएको छ, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, आगामी आर्थिक बर्षमा बैंकले झन धेरै नाफा गर्छ ।
बैंकको यो अवधिसम्म ९ अर्ब १९ करोड निक्षेप पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ८२ करोडले बढी हो । बैंकले प्रवाह गरेको कर्जा ७ अर्ब ९३ करोड रुपैयाँ पुगेको जनाएको छ । जगेडा तथा कोष १५ करोड २२ लाख पुगेको बैंकले जनाएको छ । दुई वर्षकै अवधिमा ग्राहक संख्या ७३ हजार पुगेको बैंकले जनाएको छ ।

Tata
GBIME
Nepal Life