BIZMANDU
www.bizmandu.com

विजुलीमा प्राधिकरणले दियो ‘डबल सक’, मूल्यवृद्धिपछि लोडसेडिङ लम्बियो

२०६९ भदौ ४

विजुलीमा प्राधिकरणले दियो ‘डबल सक’, मूल्यवृद्धिपछि लोडसेडिङ लम्बियो
विजुलीमा प्राधिकरणले दियो ‘डबल सक’, मूल्यवृद्धिपछि लोडसेडिङ लम्बियो

काठमाडौं । हिउँदलाई कुलेखानीको पानी सञ्चय गर्न विद्युत प्राधिकरणले बर्खा मै लोडसेडिङ बढाएको छ । दैनिक पाँच घण्टा हुँदै आएको लोडसेडिङ प्राधिकरणले आजदेखि साढे छ घण्टा पुराएको हो ।  नयाँ तालिका अनुसार अब सातामा चार दिन सात घण्टा लोडसेडिङ हुनेछ भने तीन दिन छ घण्टा लोडसेडिङ हुनेछ । चार दिन अघि प्राधिकरणले हिउँदमा दैनिक १२ देखि १४ घण्टा भित्र लोडसेडिङ सिमित गर्ने घोषणा गरेको थियो ।
अहिलेदेखि नै स्रोतहरु नजोगाउने हो भने, हिउँदमा लोडसेडिङ २१ घण्टासम्म पुग्छ, त्यसैले स्रोतहरु जोगाउन अहिले नै लोडसेडिङ बढाइएको हो, प्राधिकरण स्रोतले भन्यो । यही बेला भारतले समेत नेपालमा हुने विद्युत आपूर्ती घटाएको छ । भारतमा अहिले विद्युतको माग बढेको छ तर उत्पादन कम भैरहेको छ, यसले पनि नेपालमा समस्या सिर्जना गरेको हो ।
अघिल्लो सातादेखि भारतले ५० मेगावाट विद्युत आपूर्ती घटाएको थियो । अहिले भारतबाट एक सय २५ मेगावाट मात्र विद्युत आइरहेको छ । गतवर्ष यही अवधिमा दैनिक दुई घण्टा मात्र लोडसेडिङ थियो । अहिले दैनिक एक हजार मेगावाट विद्युत माग छ भने छ सय २० मेगावाट आपूर्ती भैरहेको छ ।

Tata
GBIME
Nepal Life