BIZMANDU
www.bizmandu.com

अरुण भ्यालीको हकप्रद चैत ११ गतेदेखि, एक बराबर एक सेयरका दरले हकप्रदका आवेदन दिन पाउने

२०७० फागुन २५

अरुण भ्यालीको हकप्रद चैत ११ गतेदेखि, एक बराबर एक सेयरका दरले हकप्रदका आवेदन दिन पाउने
अरुण भ्यालीको हकप्रद चैत ११ गतेदेखि, एक बराबर एक सेयरका दरले हकप्रदका आवेदन दिन पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी चैत ११ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ । फागुन १ गते भन्दा पहिलेका सेयर धनीले एक बराबर एकका दरले हकप्रद खरिदका लागि आवेदन दिनसक्नेछन् । कम्पनीले हाल कायम ३५ लाख चार हजार नौं सय ३० कित्ता साधारण सेयर बराबरको हकप्रद निश्कासन गरेको हो । सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँका दरले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यो कम्पनीले पिलुवा खोलाबाट तीन मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । हकप्रद वापत जम्मा हुने पैसा काबेली—१ जलविद्यूत आयोजनामा खर्च गरिने जनाइएको छ । अरुण भ्यालीले सहायक कम्पनी स्थापना गरी काबेली—१ जलविद्यूत आयोजना निर्माण गर्न लागेको हो । अरुण हाइड्रोको सञ्चालक समिति र साधारण सभाले तीन वर्ष अघि नै हकप्रद निश्कासन गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिभित्रै विवाद भएपछि हकप्रद निश्कासन पछि सरेको हो ।
अरुण भ्यालीको ३०.२७ प्रतिसत सेयर सर्वसाधारणमा र ६९.७३ प्रतिसत सेयर सस्थापक समूहमा छ । कम्पनीको चुक्तापुजी ३५ करोड चार लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि कम्पनीको चुक्तापुजी ७० करोड नौं लाख ८६ हजार रुपैयाँ पुग्छ । सर्वसाधारण लगानीकर्ताले एलिट क्यापिटल र अरुणभ्याली हाइड्रो पावरको कार्यालयमा हकप्रद सेयरको फारम बुझाउन सक्छन् ।

Tata
GBIME
Nepal Life