BIZMANDU
www.bizmandu.com

गोर्खा विकास बैंकले साधारणसभा बोलायो, चारवटा आर्थिक बर्षको वित्तीय विवरण पारित गर्ने एजेन्डा

२०७० फागुन २४

काठमाडौं । संकटग्रस्त गोर्खा विकास बैंकले चार बर्ष पछि साधारणसभा आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको बैंकको व्यवस्थापन समूहले १६ चैतलाई केन्द्रिय कार्यालयमा साधारण सभा बोलाएको हो । बैंकमा नेपाल राष्ट्र बैंकका उप निर्देशक मुक्तीनाथ सापकोटाको नेतृत्वमा तीन सदस्यिय व्यवस्थापन समूह रहेको छ । तात्कालिन कार्यकारी अध्यक्ष डिबी बम्जन लगायतले कर्जा दुरुपयोग गरे पछि गोरखा विकास बैंक संकटपन्न अवस्था पुगेको थियो । सुधारको कुनै लक्षण नदेखिए पछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन हात लिएको हो ।
बैंकले साधारणसभाको मुख्य प्रस्तावमा छैठौं देखि नवौं सम्म बार्षिक साधारण सभा एकै पटक सम्पन्न गरि आव २०६६/६७ देखि आव २०६९/७० सम्मको वित्तिय विवरण, लेखा परिक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस बाहेक आव २०७०/७१ का लागि नयाँ खेला परिक्षक नियुक्त गर्ने साधारणसभाको एजेन्डा रहेको छ ।

Tata
GBIME
Nepal Life