.jpg)
काठमाडौं । सिभिल बैंकको विषेश साधारणसभाले एक्सिस डेभलपमेण्ट बैंक र सिभिल मर्चेण्ट वित्तीय संस्था गाभ्ने (मर्ज) प्रस्ताव पारित गरेको छ । आउँदो बैशाखबाट यी तीन संस्था एक हुने तयारी छ । तीन वटै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन पश्चात सिभिल बैंकको प्रति सेयरलाई एक कित्ता नै तथा एक्सिस र सिभिल मर्चेन्टको एक सेयरलाई शुन्य दशमलव ७९ कित्ता मानेर मर्ज गरिने भएको भएको छ ।
मर्जरपछि बैंकको शाखा संख्या ४१, एटीएम सञ्जाल २५ वटा पुग्नेछन् भने चुक्ता पुँजी दुई अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । विषेश साधारणसभाले बैंकको जारी पुँजी सात अर्ब र अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
यसैवीच एक्सिस डेभलमपेन्ट बैंकले पनि विशेष साधरणसभाबाट मर्ज प्रस्ताव स्वीकृत गरेको छ । मर्जरको लागि नियुक्त मुल्यांकनकर्ता बिआरएस न्यौपाने एण्ड कम्पनीबाट प्राप्त बैंकको सम्पति तथा दायित्व मुल्यांकन सम्वन्धी प्रस्ताव पारित गरेको थियो ।