BIZMANDU
www.bizmandu.com

भारत : बन्द भएको एक महिनापछि मारुतीको प्लान्ट सञ्चालन गर्ने तयारी, मजदुर र्यालीमा

२०६९ भदौ ३

भारत : बन्द भएको एक महिनापछि मारुतीको प्लान्ट सञ्चालन गर्ने तयारी, मजदुर र्यालीमा
भारत : बन्द भएको एक महिनापछि मारुतीको प्लान्ट सञ्चालन गर्ने तयारी, मजदुर र्यालीमा


नयाँदिल्ली । मजदुर आन्दोलनका कारण बन्द भएको मारुती मुजुकीको मानेसर प्लान्ट एक महिनापछि मंगलवारबाट सञ्चालनमा आउने भएको छ । मजदुरहरुले १८ जुलाईमा प्लान्टमा हुलदङ्गा गरेर एक जना महाप्रवन्धकको हत्या गरेका थिए । त्यसपछि बन्द भएको प्लान्ट मंगलवार खोल्ने तयारी भएको छ ।
हुलदङ्गा गर्दा क्षती पुगेको प्रशासनिक भवन र विक्री कक्षको मरमत पुरा भएको छ । कम्पनी सञ्चालनमा आएको केही दिन कम्पनीबाट दैनिक एक सय ५० कार उत्पादन हुनेछन् । सामान्य अवस्थामा यो प्लान्टबाट दैनिक एक हजार सात सय कार बन्छन् ।
कम्पनीले हुलदङ्गा मचाउने ५४६ कामदारलाई निकालेपछि काम सुचारु हुन लागेको हो । प्लान्ट सञ्चालनका लागि कम्पनीमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । प्लान्ट आसपासमा हरियाणा पुलिस फोर्सका पाँच सय प्रहरी खटाइएको छ । यस बाहेक एक सय प्रहरी प्लान्ट भित्रै तीन शिफ्टमा काम गर्नेछन् । कम्पनीले पनि एक सय सेक्युरिटी गार्डलाई कम्पनीमा सुरक्षाका लागि नियुक्त गरेको छ । कम्पनीले म्यानेजर र सुपरभाइजरका लागि चार जना व्याक्तिगत सुरक्षा अधिकारीहरु नियुक्त गरेको छ, यसले कम्पनीका प्रवन्धकहरुलाई आत्मविश्वास बढेको छ ।
उता कम्पनीबाट बर्खास्तीमा परेका कामदारहरुले भने आन्दोलन थालेका छन् । गुडगाउँ जिल्लाका विभिन्न कम्पनीका आठ हजार मजदुरले निकालिएका मजदुरका पक्षमा विभिन्न ठाउँमा र्याली निकालेका थिए । सबैभन्दा बढी बन्द भएको मारुतीको प्लान्टबाट तीन हजारभन्दा बढी कामदार सहभागी भएका थिए । इकोनोमिक टाइम्स

Tata
GBIME
Nepal Life