BIZMANDU
www.bizmandu.com

सुचना अधिकारी तोक्न राष्ट्र बैंकको निर्देशन, एक महिनाभित्र सुचना विभाग पनि गठन गर्नु पर्ने

२०७० फागुन १६

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा सुचना अधिकारी तोक्न शुक्रबार निर्देशन दिएको छ। राष्ट्रिय सुचना आयोगको आग्रहमा सुचनाको हक सम्वन्धि ऐन अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सुचना अधिकारी तोकेर सुचनको अद्यावधिक र प्रकाशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुलाई सुचना अधिकृत यथाशिघ्र तोक्न निर्देशन दिइएको हो। 'सम्वन्धित संस्थाहरुले सुचना अधिकारी यथाशिघ्र तोकेर उसको नाम, पद, सम्पर्क नम्बर र इमेल ठेगाना पठाउनु पर्छ,' राष्ट्र बैंकको निर्देशनमा छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक तीन महिनामा सुचना अद्यावधिक गरी प्रकासन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। प्रकाशित विवरणहरु सम्वन्धित संस्थाहरुले आफ्नो वेवसाइट राख्नुका साथै राष्ट्रिय सुचना आयोगलाई नियमित रुपमा पठाउनु पनि पर्छ। 
आयोगले  माघ २१ गते काटेको पत्रलाई शंवोधन गर्दै राष्ट्र बैंकले शुक्रबार आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाले सुचना अधिकारी तोकेर उसको पहुँचभित्र सुचना राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले 
बैंक तथा वित्तीय संस्थाले आफ्नैै कर्मचारी तथा वाहिरबाट पनि सुचना अधिकारी नियुक्त गर्न सक्छन्। सुचना अधिकारी तोकिएपछि सञ्चार माध्यम तथा आम सर्वसाधारणलाई सम्वन्धित संस्थाका बारेमा जानकारी लिन सहज हुने छ। 
राष्ट्र बैंकले 'क' 'ख' 'ग' र 'घ' वर्गका गरी दुई सय सात वटा संस्थाहरुलाई सञ्चालन अनुमति दिएको छ। अहिले ३१ वटा बाणिज्य बैंक, ८६ वटा विकास बैंक, ५९ वटा फाइनान्स कम्पनी र ३१ वटा लघुवित्त विकास बैंक सञ्चालनमा छन्। राष्ट्र बैंकबाट स्वीकृति लिएका सबै वर्गका संस्थाहरुले सुचना अधिकारी तोक्नु पर्ने हुन्छ। अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले औपचारिक रुपमा सुचना अधिकारी तोकेका छैनन्। प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत उच्च पदस्थ कर्मचारीहरुले सुचना प्रवाह गर्दै आएका छन्। 

Tata
GBIME
Nepal Life