BIZMANDU
www.bizmandu.com

टेलिकमको नाफा १३ अर्ब ७० करोड, के ६० प्रतिशतभन्दा बढी नगद लाभांश आउला ?

२०६९ भदौ २

टेलिकमको नाफा १३ अर्ब ७० करोड, के ६० प्रतिशतभन्दा बढी नगद लाभांश आउला ?
टेलिकमको नाफा १३ अर्ब ७० करोड, के ६० प्रतिशतभन्दा बढी नगद लाभांश आउला ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका कम्पनीमध्ये सबैभन्दा वढी सेयर संख्या भएको नेपाल टेलिकमले यस पटक पनि नाफा ३५.९८ प्रतिशतले वढाएको छ । गत वर्ष नाफाबाट ५० प्रतिशत लाभांस दिएको टेलिकमको नाफा १३ अर्ब ७० करोड रुपैयाँभन्दा वढी पुगेको हो । नेपाल टेलिकम सवैभन्दा वढी नाफा गरेर कर भुक्तानी गर्ने नम्वर १ कम्पनी हो ।
कम्पनीको प्रति सेयर आम्दानी ९१ रुपैयाँ ३९ पैसा छ । गत वर्ष लाभांस वितरणको प्रवृत्ति र यस पटकको नाफा र प्रति सेयर आम्दानीको हिसावले कम्पनीले ६० प्रतिशतभन्दा वढी लाभांस दिन सक्छ । १५ अर्ब रुपैयाँ सेयर पुँजी भएको कम्पनीको जगेडा कोषको रकम पनि साढे ४४ प्रतिशतले वढेर ६० अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यो हिसावले लगानीकर्ताले सजिलै ६० प्रतिशत लाभांस पाउने आशा गर्न सक्छन् ।
कम्पनीले आफ्नो सेवा विक्री गरेर साढे ४३ प्रतिशतले आम्दानी वढाएको छ । कम्पनीले यस्तो आम्दानी ३२ अर्ब १३ करोड रुपैयाँ बराबरको गरेको हो । अन्य आम्दानी पनि साढे ३४ प्रतिशतले वढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मूल्य आम्दानी अनुपात ४.६२ बाट वढेर ५.५ गुणा पुगेको छ । प्रति सेयर नेटवर्थ पनि ३ सय ७९ रुपैयाँबाट वढेर ४ सय ३ रुपैयाँ पुुगेको छ । कम्पनीको पछिल्लो सेयर कारोबार प्रति सेयर ५ सय ३४ रुपैयाँमा भएको थियो ।

Tata
GBIME
Nepal Life