BIZMANDU
www.bizmandu.com

मार्च १ बाट भारतीय रेलमा नयाँ व्यवस्था लागू हुँदै, टिकट रद्द गरे पनि पैसा फिर्ता नहुने

२०७० फागुन १४

नागपुर । भारतीय रेलले बिक्री भएको टिकट फिर्ता नगर्ने निर्णय गरेको छ । यो व्यवस्था मार्च १ (फागुन १७) बाट लागु हुनेछ । पव्लिक रिर्जभेसन सिस्टमबाट किनेको टिकट यात्रु कम भएको वा यात्रा रद्द भएमा पैसा फिर्ता नगर्ने निर्णय गरेको हो ।
‘बुकिङ भएको टिकट रद्द नहुने व्यवस्था लागु गर्न फब्रुवरी २१ मा सबै बिक्री केन्द्रका निर्देशकलाई पत्र पठाइएको छ,’ सेन्ट्रल रेलवेका वरिष्ठ व्यवस्थापन अधिकृत सुमन्त देउलकरले भने, ‘समूहमा यात्रा गर्नेको संख्या कम भएमा वा यात्रा नै रद्द गरेमा बुकिङको पैसा फिर्ता हुनेछैन ।’
पहिले बुकिङ गरेको भन्दा तल्लो स्तरको कोचमा यात्रा गर्न चाहेमा वा वातानुकुलित कोच बिग्रेमा वा रेलको कारण यात्रुले टिकट फिर्ता गर्न चाहेमा वा रेल रद्द हुँदा बसोबासको व्यवस्था नभएमा भने टिकट रद्द गर्न सकिने छ । यस्तो अवस्थामा टिकटको पैसा फिर्ता पाइनेछ ।
भारतीय रेलले यसका लागि बुकिङ सफ्टवेयरमा परिर्वतन गरेको छ । यो सफ्टवेयर मार्च १ गतेबाट कार्यान्वयनमा आउने छ, भारतीय रेलको व्यवसायिक विभागका उपनिर्देशक रोहित कुमारले भने । यसअघि रेल छुटनुभन्दा दुईघन्टा अगाडिसम्म टिकट रद्द गर्न सकिन्थ्यो । टिकट रद्द गर्दा ५० प्रतिसत रकम काटिन्थ्यो ।

Tata
GBIME
Nepal Life