BIZMANDU
www.bizmandu.com

हिमालयन र ग्रान्डको साधारणसभा तय, हिमालयनको १५ र ग्रान्डको ४.७५ प्रतिशत लाभांश प्रस्ताव

२०७० फागुन १४

काठमाडौं । हिमालयन र ग्रान्ड बैंकले साधारणसभाको मिति टुङ्गो लगाएका छन् । विगतमा पुस भित्रै साधारणसभा गर्दै आएका दुबै बैंकमा यसपालि ढिलाइ भएको थियो । दुबैले ७ चैतमा साधारणसभा गर्ने भएका छन् । हिमालयनले त्रिभुवन आर्मी अफिसर्स क्लव र ग्रान्डले जावलाखेल स्थित स्टाफ कलेजमा सभा आयोजना गर्दैछन् ।
मेलम्ची परियोजनाको चिनियाँ ठेकदार चाइना रेल्वेसँगको टेन्डर तोडिए पछि काउन्टर ग्यारेन्टी बसेको हिमालयन बैंकलाई ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न नेपाल सकारले दवाव दिंदै आएको थियो । ग्यारेन्टी बापतको रकम तत्काल भुक्तानी नगरि नेपाल राष्ट्र बैंकमा जम्मा गर्न पुनरावेदन अदालत पाटनले आदेश दिए पश्चात हिमालयनलाई साधारणसभा गर्ने बाटो खुलेको हो ।
बैंकले ग्यारेन्टी बापत ६६ करोेड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेको छ । त्यसै कारण गत बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने अवस्था भए पनि बैंकले १५ प्रतिशत मात्र प्रस्ताव गर्न सक्यो । हिमालयनले पाँच प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
ग्रान्डको भने सञ्चालक समिति परिवर्तन लगायतका आन्तरिक तयारिका कारण साधारणसभा ढिलो भएको जनाइएको छ । बैंकले ७० प्रतिशत रहेको संस्थापक समुहको सेयर ५१ प्रतिशतमा झारि १९ प्रतिशतलाई सर्वसाधारण समुहमा परिवर्तन गर्ने प्रस्ताव साधारणसभामा राख्ने भएको छ । त्यस बाहेक चार दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव ग्रान्ड बैंकले गरेको छ ।

Tata
GBIME
Nepal Life