BIZMANDU
www.bizmandu.com

सञ्चारकर्मी पन्तले लेखे व्यावसायिक च्याउ खेतीको पुस्तक, किसानलाई निकै उपयोगी

२०७० फागुन १२

काठमाडौं । च्याउ खेतीको व्यवसायिक रुपमा प्रबद्र्धन बढ्न सके अन्तर्राष्ट्रिय बजार समेत पाउने बिज्ञहरु बताउँछन् । यो तथ्य आंकलन गरेर नेपालमा सम्भावना भएका विभिन्न च्याउको खेती, प्रशोधन र बजारीकरणबारे व्यवहारिक ज्ञान दिने उद्धेश्यले ‘व्यावसायिक च्याउ खेती’ नामक पुस्तक बजारमा आएको छ । सञ्चारकर्मी सुमन पन्तले किसानको लागि किसानी शैलीमै यो पुस्तक लेखेका हुन् । पाँचपोखरी प्रकाशन गृह, काठमाण्डौले प्रकाशन गरेको पुस्तकको मूल्य दुई सय रुपैंयाँ छ ।
पुस्तकमा च्याउको इतिहास, नेपालमा च्याउ खेतीको सम्भावना, च्याउको पौष्टिक तथा अन्य संभावना औषधि संभावनाबारे जानकारी दिइएको छ । नेपालमा व्यावसायिक सम्भावना भएको कन्ये, पराले, गोब्रे, सिताके र ग्यानोडर्मा च्याउको उत्पादन पद्धति, व्यावसायिक योजना, बजार सूचना र च्याउमा लाग्ने रोग तथा नियन्त्रण उपायबारे पनि उल्लेख गरिएको छ । त्यस्तै, च्याउको प्रशोधन र भण्डारण, च्याउको विष लागेमा गर्नुपर्ने उपचार, च्याउको परिकार निर्माणलगायतमा पनि यथेष्ट सूचना दिइएको छ ।

Tata
GBIME
Nepal Life