BIZMANDU
www.bizmandu.com

एक महिनामा निक्षेप पाँच अर्ब संकलन हुँदा ऋण १९ अर्ब गयो, अधिक तरलताको अवस्था हट्यो

२०७० फागुन ११

काठमाडौं। चालु बर्षको सुरुदेखि नै लगानी गर्न नसकेका बैंकहरुमा पुस दोस्रो साताबाट ऋणका लागि माग आउन थालेको छ ।मागसँगै बैंकहरुले लगानी वढाउन थालेपछि कर्जा–निक्षेप अनुपात पनि वढ्न थालेको छ।
बाणिज्य बैंकहरुले माघ महिनामा मात्र १९ अर्ब ऋण वढाइसकेका छन्। फागुनमा पनि बैंकहरुले करिव आठ अर्ब रुपैयाँ ऋण वढाइ सकेका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार, पुस मसान्तसम्म  आठ सय छ अर्ब रुपैयाँ ऋण लगानी गरेका ३१ बाणिज्य बैंकले माघ मसान्तसम्म यसलाई बढाएर आठ सय २७ अर्ब रुपैयाँ पुर्‍याइसकेका छन्।
'पुसको मध्यदेखि विस्तारै ऋणहरु जान थालेका छन्,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बिजमाण्डुसँग भने, 'पहिले नै प्रतिवद्धता जनाएका जलविद्युत र सेवा क्षेत्रमा ऋण गइरहेको छ।' उनले विस्तारै कर्जाको माग हुन थालेकाले केही महिनाअघि जस्तो बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था नरहेको जानकारी दिए। 
{“dataSourceUrl”:”//docs.google.com/spreadsheet/tq?key=0Aolt6aPbylnjdGZLS2lERVRybjJaU2lCYXRMS3ZDMXc&transpose=0&headers=1&range=A1%3AC21&gid=0&pub=1″,”options”:{“titleTextStyle”:{“fontSize”:16},”showRowNumber”:false,”animation”:{“duration”:500},”width”:637,”pageSize”:50,”hAxis”:{“title”:”Horizontal axis title”,”useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},”alternatingRowStyle”:true,”vAxes”:[{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null}],”sortColumn”:null,”booleanRole”:”certainty”,”title”:”Chart title”,”height”:337,”page”:”enable”,”legend”:”right”,”focusTarget”:”series”,”tooltip”:{“trigger”:”none”}},”state”:{},”view”:{},”isDefaultVisualization”:false,”chartType”:”Table”,”chartName”:”Chart 1″} बैंकहरुको ऋण विस्तारै बृद्धि हुन थालेपछि कर्जा–निक्षेप अनुपात पनि साँघुरो हुन थालेको छ। ७० देखि ७२ प्रतिशतको हाराहारीमा रहेको कर्जा–निक्षेप अनुपात अहिले ७७ प्रतिशतको हाराहारीमा पुगेको छ। राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम हुनु पर्छ। 
बैंकरका अनुसार, सेवा क्षेत्रमा होटल, रिसोर्टका लागि ऋण गइरहेको छ। नयाँ जलविद्युत परियोजनाले पनि बैंकमा ऋणका लागि चासो देखाउन थालेका छन्। 'सेवा क्षेत्रका साथै घर, गाडी र सेयर धितो कर्जाको माग आइरहेको छ,' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाले भने,'जलविद्युत कम्पनीहरु पनि ऋणका लागि आएका छन्।'
निर्वाचनपछि नयाँ सरकार गठन भएको र सरकारले पनि बजेट खर्च वढाउने बेला भएकाले निजी क्षेत्रबाट ऋणको माग आउन थालेको बैंकरको वुझाइ छ। यद्यपी उत्पादनमूलक क्षेत्रबाट भने कर्जाको माग नगन्य रहेको महर्जनले जानकारी दिए।
'उत्पादनमूलक क्षेत्रबाट निकै कम माग छ,' उनले भने, 'क्षमताको ३०–३५ प्रतिशत मात्र उत्पादनमूलक उद्योग चलेकाले पनि माग नभएको हो।' पछिल्लो समय आयात कर्जाको मागमा पनि बृद्धि भएको उनले जानकारी दिए। महर्जनका अनुसार, अमेरिकी डलरको मूल्य वढेकाले ऋणको माग वढेको हो। 'हिजो ९० रुपैयाँमा प्रतितपत्र (एलसी) खुल्थ्यो भने डलर सय पुग्दा थप १० रुपैयाँ वढीको एलसी खुल्न थालेको छ,' उनले भने। व्यापारीहरुले बाहिरबाट सामान आयात गर्नका लागि एलसी खोल्छन्। उपभोग्य वस्तु तथा सेवा र गाडी, निर्माण सामग्री, विलाशिताका सामग्री र लत्ता कपडाको एलसी बढी खुल्न थालेको छ। 
एक महिनाको अवधिमा कर्जा १९ अर्बले बढे पनि निक्षेप भने जम्मा पाँच अर्ब रुपैयाँले बढेको छ। पुस मसान्तसम्म १० खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका बैंकले माघ मसान्तमा निक्षेप १० खर्ब ९४ अर्ब रुपैयाँ पुर्‍याएका छन्। निक्षेपको बृद्धि कम र कर्जाको बढी भएकाले पनि कर्जा–निक्षेप अनुपात साँघुरो बन्दै गएको हो। 
बैंकरका अनुसार, राजनीतिक वातावरण बनेसँगै ब्याज दर पनि कम भएकाले ऋण लिन आउने क्रम बढेको हो। बैंकहरुले अहिले १०–११ प्रतिशतको हाराहारीमा ऋण लगानी गरिरहेका छन्। 
 

Tata
GBIME
Nepal Life