BIZMANDU
www.bizmandu.com

प्राइमको नाफा छ प्रतिसतले घट्यो, सिद्धार्थको नाफा छ प्रतिशत नै बढ्यो, प्रतिफल के ?

२०६९ भदौ १

काठमाडौं । व्यालेन्सिट म्यानेजमेन्टमा खप्पिस प्राइम कमर्सियल बैंकको नाफा घटेको छ भने सिद्धार्थ बैंकको बढेको छ । प्राइमको नाफा ६ प्रतिशतले घटेर ३३ करोड ८५ लाखमा सीमित भएको छ । त्यही अर्को सिद्धार्थ बैंकले भने नाफा ६ प्रतिशत वढीले वृद्धि गरी ३३ करोड रुपैयाँ पुर्याएको छ ।
प्राइम बैंकले ऋण उठाउन नसकेर संभावित नोक्सानीमा गतवर्षको  भन्दा ७२ प्रतिशत वढी रकम छुट्याउनु पर्यो । डलर किनबेचबाट हुने आम्दानी पनि घट्यो । ब्याज आम्दानी जम्मा २ प्रतिशतले वढ्यो । यसले बैंकको समग्र नाफा घटायो ।
नाफा घटाए पनि बैंकको प्रति सेयर आम्दानी भने १५ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.७२ गुणा रहेको बैंकको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ छ । गतवर्ष बराबर नाफा नकमाए पनि सेयरधनीले बैंकबाट प्रतिफलको राम्रै आसा गर्न सक्छन् । प्राइम बैंकले ऋण १२.६७ प्रतिशतले वढाएर १९ अर्ब रुपैयाँ पुर्याएको छ । निक्षेप पनि २६.६७ प्रतिशतले वढाएर २३ अर्ब ९९ करोड पुर्याएको छ । बैंकले रियलस्टेट ऋण भने घटाएको छ । रियलस्टेट ऋण आधा प्रतिशतले घटाएर तीन अर्ब ८८ करोडमा झारेको हो ।
सिद्धार्थ बैंकले नाफाबाट ठूलो हिस्सा नोक्सानी व्यवस्थामा छुट्याउनु परे पनि व्याज, कमिसन तथा छुट र डलरको किनवेचबाट आम्दानी गरेर नाफा वढाएको  छ । बैंकले व्याज आम्दानी १२ प्रतिशतले बढाएर ८५ करोड ७३ लाख गरेको छ । डलरको किनवेचबाट पोहोरको भन्दा दुई गुणा वढी अर्थात ११ करोड ५६ लाख र छुट तथा कमिसनबाट साढे ५५ प्रतिशत वढी अर्थात २० करोड २६ लाख आम्दानी गरेको छ ।
सिद्धार्थ बैंकले नोक्सानी व्यवस्थामा गतवर्षको भन्दा २ सय ४६ प्रतिशत वढी अर्थात १४ करोड ७४ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष खराब कर्जामा परिणत ऋण दुई करोड रुपैयाँ उठाएको बैंकले यस पटक एक रुपैयाँ पनि उठाउन सकेन । ऋण उठाउन सकेको भए बैंकको नाफा थप वढ्ने थियो ।
बैंकले ऋण १० प्रतिशतले वढाएर २० अर्ब २१ करोड र निक्षेप २० प्रतिशतले वढाएर २६ अर्ब पु¥याएको छ । रियलस्टेट ऋण पनि साढे १४ प्रतिशतले वढाएको छ । बैंकको नाफा वढेसँगै प्रति सेयर आम्दानी २० रुपैयाँ ४१ पैसा छ । यसबाट सेयरधनीले आस गर्न सक्छन् । मूल्य आम्दानी अनुपात १६.९१ गुणा छ । प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा छ ।

Tata
GBIME
Nepal Life