BIZMANDU
www.bizmandu.com

दशैंलाई लक्षित गरेर भृकुटीमण्डपमा लाइफ स्टाइल एक्सपो आयोजना गरिने

२०६९ भदौ १

काठमाडौ । दशैलाई लक्ष्य गरेर असोज २६ देखि ३० गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘लाइफ स्टाइल एक्स्पो’ हुने भएको छ । हाउस अफ राजकर्णिकार, डाइरेक्सन नेपाल र ग्लोबल एक्स्पोजिसन म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा यो मेला हुन लागेको हो । यो मेलामा तीन सय स्टल रहने र एक लाखले अवलोकन गर्ने आयोजकले दावी गरेका छन् । मेलामा लत्ता कपडा, जुत्ता, झोला, सौन्दर्य सामाग्री, गरगहना खाद्य वस्तु लगायतका सामाग्रीको प्रर्दशनीमा राखिने आयोजकले जानकारी दिएका छन् । मेलामा फर्निचर, फ्लोरिङ, स्यानिटरी, किचन फिटिङ, एयर कण्डिसन, मिक्सचर लगायतका सामाग्री पनि हुनेछन् । यो वाहेक मोटरसाइकल, स्कुटर, कार, मोबाइल, ट्याब्लेट पिसी, ल्यापटप, खेलकुदका सामाग्री रहने आयोजकले बताए ।

Tata
GBIME
Nepal Life