BIZMANDU
www.bizmandu.com

सोधनान्तर बचत ७७ अर्ब, रेमिटेन्स ३४ प्रतिसतले बढ्यो, विदेशी विनिमयको सञ्चित ६ खर्ब नाघ्यो

२०७० फागुन ६

काठमाडौं । यस वर्ष शोधनान्तर बचत उच्च दरले बढेको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म यस्तो बचत ७७ अर्ब १९ करोड पुगेको छ । गत वर्षको यही अवधिमा सात अर्ब ७७ करोड मात्रै शोधानान्तर बचत थियो । यस वर्ष सेवा आय र रेमिटेन्स उच्च दरले बढेको कारण शोधनान्तरमा सकारात्मक प्रभाव परेको हो । यस अवधिमा चालु खाता पनि ५५ रुपैयाँ बचतमा छ । गत वर्ष यो खाता चार अर्ब मात्रै बचतमा थियो ।
{“dataSourceUrl”:”//docs.google.com/spreadsheet/tq?key=0Aolt6aPbylnjdHpWWlJ6TFRkVzRjVERSb3EwRmxlRGc&transpose=0&headers=1&range=A1%3AC8&gid=0&pub=1″,”options”:{“titleTextStyle”:{“fontSize”:16},”animation”:{“duration”:500},”width”:600,”pageSize”:50,”hAxis”:{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},”vAxes”:[{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null}],”title”:”Chart title”,”booleanRole”:”certainty”,”height”:189,”page”:”enable”,”legend”:”right”,”focusTarget”:”series”,”tooltip”:{“trigger”:”none”}},”state”:{},”view”:{},”isDefaultVisualization”:false,”chartType”:”Table”,”chartName”:”Chart 1″} नेपाल राष्ट्र बैंकका अनुसार खुद सेवा आय नौ अर्ब ४९ करोड रुपैयाँ बचतमा छ । गत वर्ष सेवा आय करिब दुई अर्ब घाटामा थियो । त्यस्तै खुद् ट्रान्सफर आय तीन खर्ब आठ अर्ब पुगेको छ । यसमा रेमिटेन्सको हिस्सा सबैभन्दा धेरै रहेको छ । यो अवधिमा रेमिटेन्स आप्रवाह ३४.४ प्रतिसतले बढेर दुई खर्ब ६५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो छ महिनासम्म रेमिटेन्स २१.८ प्रतिसतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्सको बृद्धिदर नौ बाट १८ प्रतिसत पुगेको छ ।
विदेशी विनिमय सञ्चितिले पनि नयाँ रेकर्ड कायम गरेको छ । पुस मसान्तसम्म विदेशी विनिमय सञ्चिति छ अर्ब २४ अर्ब ६० करोड रुपैयाँ बरारब पुगेको छ । गत असारको तुलनामा यो रकम १७.१ प्रतिसतले बढी हो । बैकिङ क्षेत्रमा अमेरिकी डलरमा रहेको सञ्चिति छ अर्ब ३६ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो छ व्यापार घाटा भने दुई खर्ब ८८ अर्ब पुगेको छ । गत वर्षको तुलनामा व्यापार घाटा २४.४ प्रतिसतले बढेको हो । भारतसँग यो अवधिमा २६.८ र अन्य मुलुकसँग १९.९ प्रतिसतले व्यापार घाटा बढेको हो । छ महिनामा कुल निर्यात ४५ अर्ब १४ करोड रुपैयाँ बराबरको भयो भने आयात तीन खर्ब ३३ अर्ब ९१ रुपैयाँ बराबरको भयो । यो अवधिमा आयात २३ प्रतिसतले र निर्यात १५ प्रतिसतले बढेको हो ।

Tata
GBIME
Nepal Life