BIZMANDU
www.bizmandu.com

लक्ष्मी लघुवित्तले इलाममा दोस्रो शाखा खोल्यो, छ हजारलाई कर्जा, ग्लोबलको फिदिममा काउन्टर

२०७० फागुन ५

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलामको नयाँ बजारमा शाखा खोलेको छ । संस्थाको यो १९औं शाखा कार्यालय हो । शाखाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले गरेका छन् । वित्तीय पहुँच नपुगेका दुर्गम स्थानहरुमा लघुवित्त कार्यक्रम विस्तार गर्न शाखा खोलिएको कम्पनीले जनाएको छ ।
ईलाम जिल्लामा खोलिएको लक्ष्मी लघुवित्तको यो दोश्रो शाखा पनि हो । लक्ष्मी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रियस्तरको २३औ लघुवित्त संस्था हो । संस्थाले १५ जिल्लामा शाखा सञ्जाल पुर्याइसकेको छ । सात करोड चुक्ता पूजी रहेको संस्थाले विपन्न वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ । नयां बजार शाखाबाट हालसम्म दुई सय ७३ जना महिला सदस्यहरुलाई समुहमा आवद्ध गरि ३१ जना महिला सदस्यलाई १६ लाख पाँच हजार रुपैयाँ आय आर्जन कर्जा वितरण गरिसकिएको छ । 
माघ मसान्तसम्म संस्थाले ११ हजार सात विपन्न महिलाहरुलाई समुहमा आवद्ध गरि पाँच हजार नौं सय ४० जना विपन्न महिलाहरुलाई विभिन्न आय आर्जन कार्य गर्नको लागि ३० करोड ३६ लाख कर्जा वितरण गरिसकेको छ । संस्थाले ग्राहक सदस्यबाट चार करोड पाच् लाख बचत संकलन गरेको जनाएको छ । 
यसैगरी  ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिम बजारमा एक्टेन्सन काउण्टरको सुरुवात गरेको छ । काउण्टरको उद्घाटन पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गरेका छन् । फिदिम बजारलाई केन्द्रबिन्दु बनाएर सञ्चालन गरिएको काउण्टरले फिदिम बजार लगायत मेमेङ, च्यामापु, सिवा, चोकमागु लगायतका गाँउका बासिन्दामाझ सेवा प्रदान गर्नेछ । उद्घाटन कार्यक्रममा बैंकका बजार व्यवस्थापन तथा व्यापार प्रर्वद्धन बिभाग प्रमुख शान्ता शिवाकोटीले बैंकले ३७ अर्व निक्षेप संकलन तथा ३० अर्व कर्जा लगानी गरेको जानकारी दिए । बैंकका ७३ वटा शाखा छन् भने ७० एटिएम र २० वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।
 

Tata
GBIME
Nepal Life