BIZMANDU
www.bizmandu.com

प्रमु मनी ट्रान्सफर र कृषि बैंकवीच रेमिट्यान्स भुक्तानीमा सहमति

२०६९ भदौ १

प्रमु मनी ट्रान्सफर र कृषि बैंकवीच रेमिट्यान्स भुक्तानीमा सहमति
प्रमु मनी ट्रान्सफर र कृषि बैंकवीच रेमिट्यान्स भुक्तानीमा सहमति

काठमाडौ । प्रभु मनी ट्रान्सफर कम्पनीले पठाएको रकम कृषि विकास बैंको शाखाबाट प्राप्त गर्न सकिने भएको छ । बैंकका देशभरी २ सय ३२ वटा शाखा छन् । प्रभुको रकम बैंकबाट पाउने सम्झौतामा विहिवार सम्झौता भएको छ । सम्झौतामा प्रभुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचन र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले हस्ताक्षर गरे ।
यसैवीच हिमालयन बैंकले काठमाडौको डल्लुमा रहेको हेल्पिङ ह्याण्ड्स चिल्ड्रेन होममा रहेका अनाथ बालबालिकालाई सहयोग दिएको छ । होममा रहेका २१ बालबालिकालाई विद्यालय पोसाक, जुत्ता र ब्ल्याङ्केट दिएको बैंकले जनाएको छ । बैंकका कार्यकारी प्रमुख अशोक राणा तथा महाप्रवन्धक सुशील जोशीले यो सहयोग बुधवार हस्तान्तरण गरेका हुन् ।

Tata
GBIME
Zonsen