BIZMANDU
www.bizmandu.com

नेपालमा केबुलकार भित्र्याउने लक्ष्मणबाबु श्रेष्ठ रहेनन्, शनिबार अन्तिम संस्कार गरिँदै

२०७० फागुन २

नेपालमा केबुलकार भित्र्याउने लक्ष्मणबाबु श्रेष्ठ रहेनन्, शनिबार अन्तिम संस्कार गरिँदै
नेपालमा केबुलकार भित्र्याउने लक्ष्मणबाबु श्रेष्ठ रहेनन्, शनिबार अन्तिम संस्कार गरिँदै

काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने अग्रणी व्यवसायी लक्ष्मणबावु श्रेष्ठको बिहिबार भारतको नयाँदिल्लीमा निधन भएको छ । मृगौलाको समस्याबाट पिडित ७८ बर्षीय श्रेष्ठलाई एक साता अघि दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनका पार्थिव शरिर शनिवार नेपाल ल्याएर अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

Tata
GBIME
Nepal Life

गोर्खामा जन्मिएर चितवनबाट निर्माण व्यवसाय सुरु गरेका श्रेष्ठले सन् १९९८ मा वहु चर्चित मनकामना जाने केवुलकार निर्माण गरेका थिए । चितवन कोई नामको निर्माण कम्पनीबाट व्यवसायिक जीवन आरम्भ गरेका श्रेष्ठको लगानी कृषि, केवुलकार, जलविद्युत व्यवस्थापन, ट्रेडिङ लगायतका क्षेत्रमा विस्तार भएको छ । अहिले उनको चितवन कोइ ग्रुप अन्तर्गत चितवन कन्स्ट्रक्सन, मनकामना दर्शन, सगरमाथा पावर, नेपाल रोपवे सिष्टम, आरबी इन्टरप्राइजेज् र चितवन मिल्क गरि वटा कम्पनी सञ्चालित छन् ।  उनले दर्जनौं राष्टिय सम्मान प्राप्त गरेका थिए ।
उनी अष्ट्रियाका लागि नेपाली अवैतनिक महावाणिज्य दुत समेत थिए । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सुरेन्द्रविर मालाकार भन्छन्, ‘आफ्नै वलवुतामा राष्ट्रिय व्यक्तित्व बनेका श्रेष्ठ अत्यन्त सरल र सहयोगी थिए । हामी सबैको अविभावकको रुपमा उहाँ हुनुहुन्थ्यो ।’ श्रेष्ठका तीन छोरा र एक छोरी छन् ।