BIZMANDU
www.bizmandu.com

ग्राण्ड बैंकको नाफा सात प्रतिशतले बढ्यो, १० करोड नजिक, प्रोभिजनिङ बढेपछि सञ्चालन नाफा घट्यो

२०७० माघ २६

काठमाडौं। चालु आव २०७०/७१ मा ग्राण्ड बैंकको नाफा सात प्रतिशतले बढेर नौं करोड ४३ लाख भएको छ । बैंकको सम्भावित जोखिम वापतको व्यवस्था ५७ प्रतिशतले बढेपछि सञ्चालन नाफा भने घटेको छ । बैंकले सम्भावित जोखिम वापतको व्यवस्थामा १४ करोड आठ लाख रुपैयाँ छुट्याएको छ । बैंकको अन्य सञ्चालन खर्च र कर्मचार िखर्च पनि केही बढेको छ । कर्मचरी खर्च २० प्रतिशतले बढेर पाँच करोड २६ लाख र अन्य सञ्चालन खर्च १२ प्रतिशतले बढेर पाँच करोड ९८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा भने दुई प्रतिशतले घटेर नौं करोड ८६ लाखमा सिमित भयो । 
बैंकको व्याज आम्दानी २६ प्रतिशतले बढेर २५ करोड ६० लाख रुपैयाँ भएको छ । बैंकले बिदेशी मुद्राको बिनिमयबाट चार करोड ९७ लाख, फि कमिसनबाट दुई करोड रुपैयाँ कमाएको छ । बैंकको अन्य आम्दानी भने केही घटेर दुई करोड ८७ लाखमा सिमित भएको छ । 
त्यस्तै बैंकको निक्षेप संकलन २२ प्रतिशतले बढेर १९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी पनि १२ प्रतिशतले बढेर १५ अर्ब रुपैयाँ भएको छ । बैंकको कुल कर्जामध्ये रियल स्टेटमा १८ प्रतिशत लगानी  रहेको छ । यो रकम भने अघिल्लो पटककोभन्दा दुई प्रतिशतले बढेर दुई अर्ब ८३ करोड पुगेको छ । बैंकले सबैभन्दा धेरै अधिविकर्ष कर्जामा ४६ प्रतिशत अर्थात् सात अर्ब १४ रुपैयाँ लगानी रहको छ । बैंकको कर्जा निक्षेप अनुपात भने केही घटेर ७० मा सिमित भएको छ । १२.४५ प्रतिशत पुँजी कोष पर्याप्तता रहेको बैंकको प्रतिसेयर आम्दानी बार्षिक नौं रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३२ र प्रतिसेयर नेटवर्थ एक सय १८ रहेको छ । 
 

Tata
GBIME
Nepal Life