BIZMANDU
www.bizmandu.com

‘भ्यालेन्टाइन डे’मा यी हुन एशियाका रोमान्टिक रिसोर्ट (तस्वीर समाचार)

२०७० माघ २६

‘भ्यालेन्टाइन डे’मा यी हुन एशियाका रोमान्टिक रिसोर्ट (तस्वीर समाचार)
‘भ्यालेन्टाइन डे’मा यी हुन एशियाका रोमान्टिक रिसोर्ट (तस्वीर समाचार)

फेब्रुवरीको महिना । जताततै प्रणय दिवश (भ्यालेन्टाइन डे) को गर्मी चढेको छ । रोज डेदेखि भ्यालेन्टाइन डेसम्मका रोमान्टिक क्षणको सुन्दर साक्षीका रुपमा राख्न सकिने एशियाका रोमान्टिक स्थलका बारेमा पर्यटन लेखक चिनमोय लाडले एशियाका रोमान्टिक रिसोर्टको सूची तयार गरेका छन् । 
विश्वको सबैभन्दा ठूलो महादेश एशिया विविधताले भरिपूर्ण छ । यहाँ रोमान्सका लागि अद्धितीय स्थलहरु छन् । रमणीय द्वीप, सेता वालुवाको बीच, निलो समुद्र, हरियो जंगल र प्राकृतिक स्पा समेत यहाँ छन् । कहिले काहीं यी सबैकुरा एकै ठाउँमा पाउन सकिन्छ । यहाँ प्रस्तुत गरिएका एशियाका रोमान्टिक रिसोर्टमा भ्यालेन्टाइन डेको बेला थप गोपनियताको व्यवस्था गरिन्छ । भएन त मज्जा । 
 
सोङ स्पा प्राइभेट आईल्याण्ड  (कम्बोडिया)
सोङ स्पा रिसोर्टले अतिथीलाई आफ्नो दुःख पिडा सबै रिसोर्टमा थन्काएर बाहिर निस्कन सक्ने बनाउछ । रिसोर्ट छाडने बेलामा पैसा तिर्नु पर्ने झन्झट यहाँ छैन किनकी रिसोर्टको सम्पुर्ण खर्च बुकिङको बेला नै तिर्नुपर्छ ।
 
अमनफायुन, हान्जाउ (चीन)
यो पृथ्वीको स्वर्ग हो । मार्कोपोलेले एकपटक भनेको विश्वकै ठूलो शहरको उपमा हान्जाउस्थित अमनफायुनमा लागु हुन्छ । रोमान्सका लागि यो ठूलो शहर नै हो यहाँका गल्ली, जंगल, गाउ जताततै प्रेमीप्रेमिका छताछुल्ल भेटिन्छन । रोमान्सका लागि यो उत्कृष्ठ गन्तव्य हो, पर्यटन लेखक चिनमोय लाड लेख्छन ।
 
सेराज चिकमागलपुर, कर्नाटका (भारत)
प्रकृतिको काखमा बसेको सेरी चिकमागलपुरमा आधुनिक संसारका सबै सुविधा पाइन्छ । यो क्षेत्र कफीका हरिया बोटको मन्द सुवासले मन र मस्तिष्कलाई ताजा बनाउछ ।
 
अलिला भिल्लाज, बाली (इण्डोनेसिया)
यसको मनमोहक छटाले सबैलाई आर्कषित गर्छ । त्यसले आर्कषित गर्न सकेन भने निस्चयनै सम्पुर्ण प्राकृतिक दृश्य देखिने नितान्त गोप्य डाइनिङ स्थलले प्रणय जोडीलाई आर्कषित गर्छ नै ।
 
होसिनोवा, क्योटो (जापान)
 
जापानी आत्थ्यि सत्कार, सरलता र सहजताका साथै प्राचिन कताको खानी नै हो होसिनोवा । यहाँ बसन्त ऋतुमा हरिया वनस्पतिको रंग सुनौलो रंगमा परिर्वतन भई प्रेमी जोडिको स्वगत गरिरहेका हुन्छन । 
 
डब्लु रिट्रिट एण्ड स्पा
मालद्वीपको सबै समुद्री बीचमा रोमान्टिक सेटिङ छ । डब्लु रिट्रिट एण्ड स्पा यिनै रोमान्टिक बीचमा अवस्थित उत्कृष्ठ रिसोर्ट हो । विशाल समुद्र, बीचमा हराउन चाहने प्रणय जोडीका लागि यो स्थान एकदमै उपयुक्त छ ।  
 
फर्म एट सान बेनिटो, (फिलिपिन्स)
फिलिपिन्सको यो रिसोर्टले यहाँको डेटोक्स र स्पाका लागि विश्वव्यापी ख्याती पाएको छ । यो स्थान शरिरको मैलो मात्र होइन मनको मैलो पनि फालेर रोमान्टिक संसारमा हराउन सहज बनाउने खालको छ । यहाँका जंगलमा योगा गर्न सकिन्छ ।
 
जेट विङ भिल उयाना (श्रीलंका)
दुई हजार वर्ष पुरानो ढुंगाको किल्ला नजिक रहेको यो रिसोर्ट मानव र्सिजना र प्रकृतिको मेलको अद्धितीय उदाहरणको रुपमा रहेको छ । यहाँ भुमधयसागरको जैविक विविधताको अद्धितीय उदाहरण पाइन्छ । प्रेमी जोडीका लागि पनि यहाँ संसार भुल्ने राम्रो वातावरण छ । 
 
त्रिसारा, फुकेत, थाइल्याण्ड
त्रिसाराको अर्थ हुन्छ स्वर्गको तेस्रो बगैचा । स्लोप रहेको यो रिसोर्ट स्वर्ग जाने बाटो नै होकी भन्ने भान हुन्छ । रिसोर्टको पुल नजिकै समुद्रमा विलिन हुन जाँदै छ की भन्ने भान हुन्छ । 
 
सिक्स सेन्स निन्ह भान वे (भियतनाम)
यहाँको भिल्ला र पहराबीच आलौकिक प्राकृतिक सौन्दर्यको मिलन छ । प्रेम मिलनका लागि यो स्थान निकै उपयुक्त भएको ठहर लेखक चिनमोय लाडको छ । यहाँको पुलमा प्रेमी जोडीको प्रेम पानीसंगै मिल्छ, लाड लेख्छन ।
प्रस्तुतीः यादवराज जोशी/बिजमाण्डू
 

Tata
GBIME
Nepal Life