BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणले दिउँसै पार्यो रात, दैनिक १२ घण्टा विजुली, दिउँसोमा चार घण्टा, बाँकी रातीमा

२०७० माघ २३


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सातामा लोडसेडिङ्ग चार घण्टा बढाएको छ । आइतवारबाट लागू हुने गरी प्राधिकरणले लोडसेडिङ्ग सातामा चार घण्टा बढाएको हो । यसअघि सातामा ८० घण्टा लोडसेडिङ्ग हुँदै आएकामा अबदेखि ८४ घण्टा लोडसेडिङ्ग हुनेछ । 
यसपहिले सातामा चार दिन ११ घण्टा लोडसेडिङ्ग हुँदै आएकोमा आइतवारबाट हरेक दिन १२ घण्टा लोडसेडिङ्ग हुनेछ । प्राधिकरणले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ्ग नगर्ने घोषणा गरेको छ । फागुन र चैत दुई महिना लोडसेडिङ्ग १२ घण्टामा सिमित गरे बैशाखबाट भने विद्युत उत्पादन बढ्न थाल्छ । त्यसैगरी नेपालमा जाडोमा बढी उर्जा खपत हुने गरेको छ । गर्मी मौसम सुरु भएपछि उर्जाको खपत घट्छ ।
प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ्गको तालिका दिए पनि दिउँसोमा बढी विद्युत कटौती हुन्छ भने रातमा कम विद्युत कटौती हुन्छ । आइतवारदेखि प्राधिकरणले दिउँसोमा तीनदेखि चार घण्टा मात्रै विद्युत आपूर्ती गर्ने गरी तालिका प्रकासित गरेको छ । रातीमा भने विद्युत आपूर्ती बढी छ । 
 

Tata
GBIME
Nepal Life