BIZMANDU
www.bizmandu.com

आजदेखि काठमाडौंमा रात्रीबस, यस्तो छ रात्री बसको रुट, भाडा भने दिउँसो कै बराबर

२०६९ साउन ३२

आजदेखि काठमाडौंमा रात्रीबस, यस्तो छ रात्री बसको रुट, भाडा भने दिउँसो कै बराबर
आजदेखि काठमाडौंमा रात्रीबस, यस्तो छ रात्री बसको रुट, भाडा भने दिउँसो कै बराबर


काठमाडौ । लामो प्रयासपछि आजदेखि राजधानीमा रात्रीकालिन बस सञ्चालन हुने भएको छ । काठमाडौ महानगरपालिका र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघको संयुक्त पहलमा सञ्चालन हुन लागेको बस सेवा ८ देखि ११ बजेसम्म चल्नेछ । राती सञ्चालन हुने बसले पनि दिउँसो कै भाडा निर्धारण गरिएको छ भने प्रत्येक बसमा सुरक्षाकर्मी राखिने भएको छ ।

चक्रपथमा रूट यस्तो छ :
क) कलंकीबाट नयाँबसपार्क चावहिल काटेश्वर हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो कोटेश्वर चावहिल, नयाँबसपार्क हुँदै कलंकीसम्म
ग) काटेश्वरबाट चावहिल नयाँबसपार्क कलंकी सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो कलंकी नयाँबसपार्क चावहिल हुँदै कोटेश्वरसम्म
त्यसैगरी सहरको भित्रि रुटमा
क) वीर अस्पताल अगाडीबाट शहीदगेट– त्रिपुरेश्वर– कालिमाटी– रविभवन–कंलकीसम्म
ख) वीर अस्पतालबाट जमल– केशरमहल–लाजिम्पाट– महाराजगञ्ज हुँदै गंगालाल ह्रदय अस्पतालसम्म
ग)  बीर अस्पताल अगाडीबाट भुकृटी मण्डप–कृष्णपाउरोटी– ज्ञानेश्वर– मैतीदेवी– पुरानो बानेश्वर– गौशाला मेडिकेयर अस्पताल हुँदै जोरपाटीसम्म
घ) बीर अस्पतालबाट सिंहदरवार– बबरमहल– तिनकुने–सिंनामगल– तिनकुने हुँदै कोटेश्वर, बीर अस्पतालबाट सिंहदरवार–थापाथली– पुल्चोक– जावालाखेल– पाटन अस्पतालसम्म 
चक्रपथ परिक्रमा गर्ने रूटमा एक/एक वटा बस सञ्चालन हुनेछ भने भित्री रूटमा दुइ/दुइ वटा रात्रीबस चल्नेछ ।
तस्वीर : उमेश श्रेष्ठ

Tata
GBIME
Nepal Life