BIZMANDU
www.bizmandu.com

आक्रमक बजार विस्तारमा लेनोभो, भारतीय बजारमा सामसुङ, माइक्रोम्याक्स र नोकियालाई टक्कर दिने

२०७० माघ २१

आक्रमक बजार विस्तारमा लेनोभो, भारतीय बजारमा सामसुङ, माइक्रोम्याक्स र नोकियालाई टक्कर दिने
आक्रमक बजार विस्तारमा लेनोभो, भारतीय बजारमा सामसुङ, माइक्रोम्याक्स र नोकियालाई टक्कर दिने

नयाँदिल्ली । भारतको स्मार्टफोन बजारमा आक्रमक तरिकाले प्रवेश गर्ने योजना लेनोभोले बनाएको छ । दि इकोनोमिक टाइम्सका अनुसार, लेनोभोले सस्ता तर निकै स्मार्टफोनद्वारा सामसुङ, माइक्रोम्याक्स, नोकिया र एप्पलको आईफोनलाई पनि टक्कर दिन अगाडि बढीरहेको छ ।
मोटरोला किनेपछि सस्तो तर स्मार्ट प्रविधी अहिे लेनोभोसँग छ । ‘हामीसँग अहिले स्मार्ट पिसी र मोटरोलाको मोबाईल प्रविधी छ । यसलाई प्रयोग गरेर हामी स्मार्टफोन बनाउदै छौ । भारतीय बजारका लागि यो स्मार्टफोन हटकेक सावित हुनेछ,’ लेनोभोका प्रवन्ध निर्देशक अमर बाबुले भने ।
चीनिय स्मार्टफोन निर्माता र विश्वकै सबैभन्दा धेरै पर्सनल कम्प्युटर निर्माता लेनोभो भारत पस्ने तयारीमा छ । यसले विश्वमै तव्रिगतीमा बढीरहेको स्मार्टफोन बजार भएकोले भारतमा पनि सफलता प्राप्त गर्नेछ । भारतमा लेनोभोको भविष्य उज्जवल भएको विश्लेषकहरु बताउछन् ।
भारतको स्मार्टफोन बजारमा विश्वभर लोकप्रिय सामसुङ  र स्थानिय ब्राण्ड माइक्रोम्याक्स र कार्बनको पकड छ । गत वर्षको जुलाई–सेप्टेम्बरमा स्मार्टफोनको बिक्रीमा स्थानिय ब्राण्ड माइक्रोम्याक्स र कार्बनको ६० प्रतिशत हिस्सा थियो । त्यसबेला भारतमा करिव एक करोड ३० लाख स्मार्टफोन बिक्री भएको थियो ।
भारतीय बजारमा लेनोभो आउने बेला जापानी ब्राण्ड सोनीलगायत २४ वटा स्मार्टफोन निर्माता कम्पनीको उपस्थिती हुनेछ । बजारको २९ प्रतिशत हिस्सा ओगटने सामसुङ, माइक्रोम्याक्स, कार्बन र नोकियाबाहेकका कम्पनीलाई लेनोभोको अगामनको घोषणाले त्रसित बनाएको छ ।
‘हाम्रो रणनीति सरल छ, चीनमा सामान बनाउने र विश्वभर प्रतिस्पर्धा गर्ने,’ बाबुले भने । उनका अनुसार, लेनोभोले गत वर्षको अन्तिम तीन महिनामा एकसय २० प्रतिशत प्रगति हासिल गरेको छ । ‘हामीसँग सबैका लागि हुने ४० मोडल छन,’ उनले थपे, ‘हामीले सही मोडललाई सही ठाउमा प्रचारप्रसार गछौ र सफलता हात पार्नेछौ । ’
विश्वमा सस्तो मुल्यमा राम्रो प्रविधी दिने कम्पनीकारुपमा लेनोभो चिनिन्छ । हामी यही विशेषताका साथ भारतको स्माटर्बफोन बजारमा प्रवेश गर्नेछौ ।

Tata
GBIME
Nepal Life