BIZMANDU
www.bizmandu.com

सुनको मूल्य फेरी एकै दिन छ सयले सस्तियो, तोलाको ५४ हजारमा कारोबार, चाँदी १० रुपैयाँले सस्तो

२०७० माघ १७

काठमाडौं। सुनको मूल्यमा केही दिन देखि उतार चढाव देखिएको छ । बिहीवार आठ सय रुपैयाँले महंगीएको सुन शुक्रवार पुनः छ सयले सस्तिएको छ । बिहीवार ५४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको प्रतितोला सुनको मूल्य शुक्रवार भने ५४ हजार रुपैयाँमा सिमित भएको छ । यसअघि मंगलवार र बुधवार दुई दिनमै सुनको मूल्य एघार सयले मूल्य वृद्धि भएको थियो । बुधवार प्रतितोला सुन ५३ हजार आठ सयमा किनबेच भइरहेको थियो । 
उता, भारतीय बजारमा शुक्रवार बिहान २९ हजार चार सय २९ भारु मूल्य रहेको प्रति दशग्राम सुन साढे १२ बज्दा भने मूल्य घटेर २९ हजार तीन सय ७२ मा कारोबार भइरहेको छ । यता, नेपाली बजारमा चाँदी पनि प्रतितोला १० रुपैयाँले मूल्य घटेर आठ सय ४० मा कारोबार भइरहेको छ ।  
 

Tata
GBIME
Nepal Life