BIZMANDU
www.bizmandu.com

त्रैमासिक अवधिमा स्ट्रेस टेस्टिङ गर्न निर्देशन, व्याज आउने खातामा असारसम्म पैसा राख्न पाउने

२०७० माघ १५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थालाई त्रैमासिक रुपमा स्ट्रेस टेस्टिङ गर्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले बुधबार निर्देशन जारी गर्दै बाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीलाई त्रैमासिक अवधिमा स्ट्रेस टेस्टिङ गरी सञ्चालक समितिमा छलफल गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई आगामी असार मसान्तसम्म बाणिज्य बैंकमा व्याज आउने खातामा पैसा राख्न पाउने छुट पनि दिएको छ । करिब एक वर्ष अघि नै केन्द्रिय बैंकले यस्तो खातामा पैसा राख्न नपाउने व्यवस्था लागु गरेको भएपनि म्याद थप्दै आगामी असार मसान्तसम्मको छुट दिएको हो । विकास बैंक र फाइनान्स कम्पनीहरुले व्याज आउने खातामा पैसा राख्न नपाउने व्यवस्थाको विरोध गर्दै आएका छन् ।  

Tata
GBIME
Nepal Life