BIZMANDU
www.bizmandu.com

रिजर्भ बैंकले २००५ अगाडिका नोट खिच्ने, रिपो दर ८ प्रतिशत, उपभोक्ता मूल्य स्थिर राख्ने प्रयास

२०७० माघ १५

रिजर्भ बैंकले २००५ अगाडिका नोट खिच्ने, रिपो दर ८ प्रतिशत, उपभोक्ता मूल्य स्थिर राख्ने प्रयास
रिजर्भ बैंकले २००५ अगाडिका नोट खिच्ने, रिपो दर ८ प्रतिशत, उपभोक्ता मूल्य स्थिर राख्ने प्रयास

मुम्बई । भारत सरकारले सन् २००५ भन्दा अगाडिका नोट बजारबाट फिर्ता लिने निर्णय गरेको छ । ‘सुरक्षा फिचर कम भएकोले ति नोट फिर्ता लिन लागिएको हो,’ मुम्बईमा मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समिक्षामा गर्भनर रघुराम राजनले बताए ।  
पुराना नोट फिर्ता लिने काम कालो पैसा र कर छली रोक्न हो कि भन्ने पत्रकारको प्रश्नको उत्तरमा उनले भने, ‘यो नितान्त प्राविधिक कुरा हो ।’ उनका अनुसार, सेक्युरिटी फिचर कम भएका नोट नक्कली धेरै पाइएकोले यो कदमले नक्कली नोट निरुत्साहित गर्छ । 
रिजर्भ बैंकले यही मार्च ३१ देखि सन् २००५ भन्दा पुराना नोट बजारमा नचल्ने घोषणा गरेको छ । ‘अप्रिल १ बाट पुराना नोट साटने काम बैंकबाट मात्र हुनेछ,’ राजनले भने । पुराना नोटको कारोबार कहिलेदेखि पूर्णरुपमा बन्द गरिने भन्ने बारेमा चाडै नै निर्णय लिइने उनले बताए । ‘एउटा बिन्दुमा यो निर्णय लिइनेछ,’ मिति उल्लेख नगरि उनले भने । 
रिजर्भ बैंकले रिपो दर बढाएको छ । रिपो दर ०.२५ प्रतिशतले बढाएर आठ प्रतिशत पु¥याइएको छ । उपभोक्ता मूल्य सुचकांक नियन्त्रण गर्न यस्तो कदम चालिएको गर्भनर राजनले बताएका छन्, तर विश्लेषकहरु यो कदमले लगानीको व्याज बढने र प्रत्युत्पादक हुने बताएका छन् । मुद्रा प्रदाय बढी भएकोले मूल्य बढेको रिजर्भ बैंकको भनाई छ । 
केन्द्रिय बैंकबाट पैसा लिदाँ बाणिज्य बैंकले चुक्ता गर्ने व्याजलाई रिपो दर भनिन्छ । उपभोक्त मूल्य सुचकांक विगत तीन महिनामा ९.८७ प्रतिशतले छ । यो अंक रिजर्भ बैंकले मूल्यवृछि सिमित गर्न प्रक्षेपण गरेको ७.७५ प्रतिशतको उच्च सीमाभन्दा बढी हो । रिजर्भ बैंकका अनुसार, उपभोक्त मूल्य सुचकांक यस वर्ष नौ प्रतिशतभन्दा माथि रहने तर सन् २०१५ को मार्चमा आईपुग्दा ७.५ प्रतिशत र ८.५ प्रतिशतको बीचमा रहनेछ । 
     
 

Tata
GBIME