काठमाडौं । चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो बाणिज्य बैंक बनेको राष्ट्रिय बाणिज्य बैंकले मुनाफाका आधारमा पनि दोस्रो भएको छ । राष्ट्रि बाणिज्य बैंकबाट प्राप्त जानकारी अनुसार बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो त्यस अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ करोडले कमी हो । आर्थिक वर्ष २०६७/६८ मा बैंकले एक अर्ब ७५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकसँग अहिले ८७ अर्ब रुपैयाँको निक्षेप छ भने ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा भने अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा खराब कर्जा ११.९६ प्रतिशत थियो, यो वर्ष यस्तो कर्जाको मात्र सात दशमलव ९४ प्रतिशत छ ।
यो पनि पढ्नुहोस्