BIZMANDU
www.bizmandu.com

सानिमामाई हाइड्रोपावरको सेयर ३२४ मा डेब्यु, १० कित्ता मात्र कारोबार, माग भने दुर्इ लाख कित्ता

२०७० माघ ८

सानिमामाई हाइड्रोपावरको सेयर ३२४ मा डेब्यु, १० कित्ता  मात्र कारोबार, माग  भने दुर्इ लाख कित्ता
सानिमामाई हाइड्रोपावरको सेयर ३२४ मा डेब्यु, १० कित्ता मात्र कारोबार, माग भने दुर्इ लाख कित्ता

काठमाडौं। सानिमामाई हाइड्रोपावर कम्पनीको पहिलो सेयर कारोबार तीन सय २४ रुपैयाँमा भएको छ  । कम्पनीको दुई लाख कित्ताको लागि माग भएपनि बजारमा बिक्रीकर्ता भेटिएको थिएन । कम्पनीको कारोबार खोल्ने उदेश्यले १० कित्ताको किनबेच भएको देखिन्छ । बैंकको आइपीओमा लगानी गरेकाहरुले अहिले नै २२४ प्रतिशत प्रतिफल पाएका छन । कम्पनीको अडिटेड रिपोर्ट पछि नेप्सेले पहिलो करोबारको ब्याण्ड बढाएर एक सय आठ देखि तीन सय २४ रुपैयाँ तोकिदिएको थियो । गत साताको मंगलवार कम्पनीको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर  नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो  ।
कम्पनीले गत बैसाख अन्त्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० लाख ५५ हजार कित्ता सेयर र गत भदौंमा सर्वसाधारणको लागि २१ लाख कित्ता सेयर जारी गरेको थियो । प्रत्यक्ष प्रभावित क्षेत्रका दुई हजार १४ जनालाई पाँच लाख ५७ हजार ६० कित्ता सेयर बाँडफाँड गरिएको थियो भने जिल्लाका अन्य एक हजार आठ सय ४७ जनालाई चार लाख ९७ हजार नौं सय ४० कित्ता सेयर बाँडफाँट गरिएको थियो । सर्वसाधारणको लागि जारी भएको सेयरमा भने ३१ गुणा बढि आवेदन परेको थियो । प्रभावित क्षेत्रका बासिन्दाले भने तीन बर्षसम्म आफ्नो स्वामित्वको सेयर बिक्री गर्न पाउँदैनन् । सर्वसाधारण र प्रभावित क्षेत्रका बासिन्दा सबैको लागि अंकित मूल्य एक सयमा नै सेयर बिक्री गरिएको थियो ।
 सर्वसाधारणमा सेयर जारी गरेको मध्ये कम्पनीले ८४ हजार ४ सय कित्ता शेयर कर्मचारीहरुको लागि र १ लाख ५ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याएको थियो । कम्पनीले न्यूनतम ५० कित्ता देखि १ लाख कित्ता शेयर सम्मको लागि आवदेन दिन सक्ने व्यवस्था गरेको थियो । 
कम्पनीले न्यूनतम ५० कित्ता देखि १ लाख कित्ता शेयर सम्मको लागि आवदेन दिन सक्ने व्यवस्था गरेको थियो । कम्पनीको आवह्वान पत्र अनुसार कम्पनीले आव २०७१/७२ बाट विद्युत् विक्री गर्न सक्ने र सा बर्ष ४७ करोड ११ लाख रकमको विद्युत बिक्री गर्न सक्ने प्रक्षेपण गरेको  थियो ।कम्पनीले आव २०७२/७३ मा १२ करोड ७ लाख खुद मुनाफा गर्न सक्ने प्रक्षेपण पनि आवह्वान पत्रमा गरेको थियो । कम्पनीको प्रति शेयर आम्दानी २०७२/७३ बाट धनात्मक हुने र सो एघार दशमलव ४५ रहने पनि प्रक्षेपण थियो । सो आवमा प्रति शेयर नेटवर्थ रू. १ सय १ रहने पत्रमा प्रक्षेपण गरेको थियो । कम्पनीको मूख्य संस्थापकमा सानिमा हाइड्रोपावर, जय गणेश इन्भेष्टमेनट कम्पनी, फण्ड फर हाइड्रो इन्भेष्टमेन्ट प्रालि, डा. उपेन्द्र महतो, जीवानाथ लामिछाने लगायतका रहेका छन । कम्पनीले १५ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्ने माइ जलविद्युत् आयोजनाको निर्माण गर्ने लक्ष्य लिएको छ ।
 

Tata
GBIME
Nepal Life