BIZMANDU
www.bizmandu.com

मौदि्रक नीतिका लागि बैंकरको सुझाव, सिआरआरमा व्याजको प्रस्ताव

२०६९ असार १५

काठमाडौं । आगामी मौदि्रक नीतिका लागि बैंकस्र संघले अनिवार्य नगद मौज्दात सिआरआर मा ब्याज दिनु पर्ने माग राखेका छन् । राष्ट बैंकमा बैंकहरुले सय रुपैयाँ निक्षेप उठाए वापत ५ रुपैयाँ जम्मा गर्नु पर्छ ।
बैंकहरुले यही पाँच रुपैयाँमा व्याज मागेका हुन् । राष्ट बैंकले आगामी बजेट प्रस्तुत भएपछि मौदि्रक नीति ल्याउने तयारी गरिरहेको छ । बैंकस्रले महिला उद्यमी ऋणको अहिलेको सीमा तीन लाखलाई वढाएर पाँच लाख पुराउनसमेत माग गरेका छन् ।
यसैवीच राष्ट्र बैंकले शुक्रवार सबै बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई अन्नपूर्ण होटलमा बोलाएर मौदि्रक नीतिका लागि सुझाव मागेको छ ।

Tata
GBIME
Nepal Life