BIZMANDU
www.bizmandu.com

बर्ड मोवाइलका दुई नयाँ सेट बजारमा, के–के छन् सुविधा ?

२०६९ साउन ३१

बर्ड मोवाइलका दुई नयाँ सेट बजारमा,  के–के छन् सुविधा ?
बर्ड मोवाइलका दुई नयाँ सेट बजारमा, के–के छन् सुविधा ?


काठमाडौ । बर्ड मोबाइलको दुई नयाँ सेट बजारमा आएको छ । नेपाल दुरसञ्चार प्राधिकरणबाट प्रमाणित गरेर नयाँ सेट बजारमा ल्याएको कम्पनीले जनाएको छ । बर्ड मोबाइलको नेपालको अधिकृत बिक्रेता ग्याजेट्स नेपाल प्रालिले भी २०० (पिकक)र के ३(स्प्यारो) मोडेल बजारमा ल्याएको हो ।
 भी २००मा टचस्क्रिन र स्लिम डिजाइनको मल्टिमिडिया मोडल हो । यो मोबाइलमा म्युजिक प्लेयर वन टच कीले गर्दा सहज गीत संगित सुन्न सकिन्छ । यो मोबाइलमा ब्लुटुथ, एफएम रेडियो, २ एमपी क्यामेरा, एमपीथ्री प्लेयर, भिडियो प्लेयर, भिडियो रेकर्डिङ, याहु, एमएसएन, फेसबुक र टिवट्र लगायतका सुविधा छन् । यो मोबाइलमा १जीबीको मेमोरी कार्ड निशुल्क दिएको छ भने १६ जीबीसम्म मेमोरी बढाउन सहयोग गर्छ ।
केथ्री मोडेलको मोबाइल मल्टिमोडेल बार फोन हो भने यसमा चार जीबीसम्मको मेमोरी कार्ड राख्न सकिन्छ । यसमा दुईवटा सीम, एमपीथ्री, एमपीफोर, भिडियो प्लेयर, क्यामरा लगायतका सुविधा छन् । यो मोबाइल विभिन्न चार रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life