.jpg)
काठमाडौं । तीन वित्तीय संस्था मर्जपछि बनेको यती विकास बैंकमा थप दुई वटा वित्तीय संस्था मर्जको सहमति भएको छ । यती विकास बैंकमा एनडेप विकास बैंक र प्रोग्रेसिभ फाइनान्स मर्ज हुन लागेको हो । यती विकास बैंक मनकामना डेभलपमेण्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्जपछि बनेको हो । तीन संस्था मर्जरपछि बनेको यती डेभलपमेण्ट बंैक, एनडिइपी डेभलपमेण्ट बैंक र प्रोग्रेशिभ फाइनान्स एक आपसमा गाभ्न/गाभीन भएको समझदारीमा आइतवार हस्ताक्षर भएको छ । स्रोतका अनुसार यी तिन वटै संस्थाको स्वाप रेसिया बराबरी रहनेछ । अर्थात गाभिएपछि तीन वटै संस्थाका सेयरधनीको सेयर संख्या घटबढ हुनेछैन् ।
मर्ज हुन लागेका तीन संस्थाको पछिल्लो विवरण (हजारमा)
|
|
यती विकास बैंक |
एनडेप विकास बैंक |
प्रोग्रेसिभ फाइनान्स |
|
चुक्ता पुँजी |
१३५३९२० |
५८२४५१ |
१२०००० |
|
निक्षेप |
५८८१९४२ |
४३५०६९९ |
२१९०४३ |
|
कर्जा |
५३७३९५५ |
३३०१८०७ |
२५६४९९ |
|
नाफा |
(३२४५१२) |
(२६५००) |
८०१ |
|
खराब कर्जा |
२०.०६ प्रतिशत |
६.३९ प्रतिशत |
१९.२६ प्रतिशत |
एक आपसमा गाभिएपछि बैंकको चुक्ता पूँजी दुई अर्ब आठ करोड रुपैयाँ पुग्ने छ । मर्जपछि बन्ने बैंकमा निक्षेप ११ अर्ब रुपैयाँभन्दा बढी हुने, कर्जा रकम नौ अर्ब रुपैयाँभन्दा बढी हुने, आइतवार जारी प्रेस विज्ञप्तिमा छ । मर्जर पछि बन्ने सस्थाको कूल ग्राहक संख्या एक लाख भन्दा बढी पुग्ने ५३ वटा शाखा र २८ वटा एटिएम सञ्जाल हुने जानकारी पनि आइतवार जारी प्रेस विज्ञप्तिमा छ ।
मनकामना डेभलपमेण्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्सले यती डेभलपमेन्ट बैंकले असार ३१ गतेबाट एकीकृत कारोवार सुरु गरेका हुन् । अन्तिम चरणमा इन्फ्रास्ट्रक्चर विकास बैंक मर्ज प्रक्रियाबाट पछि हटेपछि तीन वित्तीय संस्था मात्रै मर्ज भएका हुन् ।
तीन संस्था गाभिए पछि बैंकको चुक्ता पूँजी एक अर्ब ३८ करोड, निक्षेप संकलन र कर्जा लगानी दुवै पाँच अर्बभन्दा बढी भएको थिया । अहिले यती विकास बैंकको शाखा संख्या २५ पुगेको छ भने एटिएम सञ्जाल २० वटा छ । यतीमा कर्मचारी संख्या दुई सय ३६ जना र ग्राहक संख्या ६० हजार नाघेको छ । चुक्ता पुँजीको आधारमा यती डेभलपमेण्ट बैंक लिमिटेड सबै भन्दा ठुलो बिकास बैंक हो ।
स्रोतका अनुसार यी तिन वटै संस्थाको स्वाप रेसिया बराबरी रहनेछ । अर्थात गाभिएपछि तीन वटै संस्थाका सेयरधनीको सेयर संख्या घटबढ हुनेछैन् ।
यती विकास बैंकसँग अहिले एक अर्ब ३५ करोड रुपैयाँको चुक्ता पुँजी छ त्यसैगरी एनडेप विकास बैंकको ५८ करोड २४ लाख र प्रोग्रेसिभ फाइनान्सको १२ करोड रुपैयाँ चुक्ता पुँजी छ । मर्जमा गएका तीन वटै संस्थाको खराब कर्जाको हिस्सा धेरै छ । यती विकास बैंकसँग २० प्रतिशत, एनडेपसँग ६.३९ प्रतिशत र प्रोग्रेसिभसँग १९.२६ प्रतिशत खराब कर्जा छ ।
खराब कर्जाको हिस्सा ठूलो भएक कारण यती र एनडेप घाटामा छन् भने प्रोग्रेसिभ फाइनान्स गत आर्थिक वर्षमा घाटामा थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यती र एनडेप घाटामा भए पनि प्रोग्रेसिभले भने आठ लाख रुपैयाँ नाफामा छ ।