BIZMANDU
www.bizmandu.com

ग्यास उद्योगीको आन्दोलन फिर्ता, प्राविधिक समिति गठन गर्ने सहमति

२०६९ साउन ३१

काठमाडौ । सरकार र ग्याँस उद्योगीबीच मंगलबार राती सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । नाफा, ढुवानी भाडा, ओभरहेड र दुई रंगका सिलिन्डरका विषयमा प्राविधिक समिति गठन गर्ने सहमतिपछि ग्यास उद्योगीले सबै कार्यक्रम फिर्ता गरेका हुन् । ग्यास उद्योगीले आफुले पाउँदै आएको कमिसन पाँच प्रतिशत पुर्याउनुपर्ने, ढुवानी भाडा र ओभरहेड बढाउनुपर्ने, दुई रंगका सिलिन्डर कार्यान्वयनमा ल्याउन नहुने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले भारतबाट ग्याँस ल्याउन बन्द गरेका थिए भने आजदेखि ग्यास कारोबार नै नगर्ने घोषणा गरेका थिए ।

Tata
GBIME
Nepal Life