BIZMANDU
www.bizmandu.com

रियलस्टेट कर्जाले बैंकलाई अफठ्यारोमा पार्यो, ८ बाणिज्य बैंकको वित्तीय विश्लेषण

२०६९ साउन ३०

काठमाडौं । महँगोमा लिएको निक्षेप र रियलस्टेट ऋणका कारण बैंकको चौथो त्रैमासको वित्तीय विवरण सेयरलगानीकर्तालाई त्यति सुखद रहन सकेन ।
नेपाल एसबिआई
नेपाल एसबिआई बैंकको नाफा २.३८ प्रतिशतले वढेर ४७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकले नोक्सानी व्यवस्थामा अघिल्लो वर्षभन्दा वढी रकम छुट्याउनु परेपछि नाफा खासै वढ्न नसकेको हो । बैंकले नोक्सानी व्यवस्थामा नाफाबाट ७ करोड ८० लाख रुपैयाँ छुट्याएको छ ।
बैंकको ऋण लगानी २२ प्रतिशत वढेको छ । बैंकको ऋण २६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । रियलस्टेट ऋण १४.८० प्रतिशतले घटेर १ अर्ब ३१ करोड रुपैयाँमा आएको छ । निक्षेप २५.७४ प्रतिशतले वढेर ५३ अर्ब ३३ करोड पुगेको छ । महँगोमा उठाएको निक्षेप वढेको अनुपातमा ऋण लगानी गर्न नसक्दा बैंकको ब्याज आम्दानी घटेको छ । ब्याज आम्दानी १.१३ प्रतिशतले घटेर ९९ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैकले एक करोड नाफा कमाएको छ । अघिल्लो वर्षको भन्दा यो २१ प्रतिशतले वढी हो । बैंकको संभावित नोक्सानीमा ५८ करोड ३७ लाख रुपैयाँ छुट्याएकाले नाफा प्रभावित बनेको हो । एभ्को इन्टरनेशनललाई दिएको ऋण समस्यामा भएकाले बैंकको हिसावकिताव विग्रिएको हो ।
बैंकले ऋण लगानी ९ प्रतिशतले वढाएर १६ अर्ब १० करोड पुर्याएको छ । निक्षेप पनि ३१ प्रतिशतले वढाएर २१ अर्ब ५४ करोड पुर्याएको छ । अघिल्लो वर्ष खराव वित्तीय अवस्थाका काण बैंकको निक्षेप २० अर्बबाट घटेर १४ अर्बसम्म पुगेको थियो ।
बैंक अफ काठमाण्डू (बिओके)
बैंक अफ काठमाण्डूको ब्याज खर्च वढेपछि नाफा आधा (०.४१) प्रतिशतले पनि वढेको छैन । बैंकले ६० करोड ७६ करोड नाफा  कमाएको छ । बैंकको खुद व्याज आम्दानी २.७० प्रतिशतले घटेर १ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । बैंकले निक्षेप १९ प्रतिशतले वढाएको अनुपातमा ऋण साढे सात प्रतिशतले मात्र वढाएकाले व्याज आम्दानी घटेको हो । बैंकले ऋण लगानी १९ अर्ब ३१ करोड पु्र्याएको छ । निक्षेप २४ अर्ब ९९ करोड पुर्याएको छ ।
बैंक अफ एसिया नेपाल
बैंक अफ एसियाले नाफा ५.२४ प्रतिशतले वढाएर २२ करोड रुपैयाँ पुर्याएको छ । व्याज आम्दानी घटेपनि संभावित नोक्सानी वापतको रकममा कमी ल्याएका कारण बैंकको नाफा वढेको हो । बैंकको व्याज आम्दानी करिव २० करोडले घटेको छ । ऋण नउठेपछि नाफाबाट नोक्सानी व्यवस्थामा छुट्याउनु पर्ने रकम अघिल्लो वर्षको भन्दा ४९ प्रतिशतले घटेको छ ।
सनराइज बैंक
सनराइज बैंकले अघिल्लो वर्ष डुवेको ऋण उठाएपछि नाफा २ सय ३१ प्रतिशतले वढाएको छ । बैंकको नाफा १४ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
बैंकले गत वर्ष डुवेको मध्ये १६ करोड १२ लाख रुपैयाँ ऋण उठाएको हो । बैंकले ऋण लगानी २१ प्रतिशतले वढाएर १४ अर्ब ३८ करोड र निक्षेप ४० प्रतिशतले वढाएर १८ अर्ब ७५ करोड पुर्याएको छ ।
सानिमा बैंक
विकास बैंकबाट वाणिज्य बैंक बनेको सानिमालाई पहिलो गाँसमा नै ढुङ्गा लागेको छ । बैंकको नाफा २२ प्रतिशतले घटेर १२ करोड रुपैयाँमा झरेको छ । ऋण नउठेपछि नोक्सानी व्यवस्था वढेकाले नाफा घटेको हो । बैंकले अघिल्लो वर्षभन्दा तीन गुणा वढीले नाफाबाट नोक्सानी व्यवस्थामा रकम छुट्याउनु परेको छ । नोक्सानी व्यवस्थामा बैंकले ५ करोड २८ लाख छुट्याएको छ । बैंकले ऋण साढे ४९ प्रतिशतले वढाएर ९ अर्ब ५३ करोड र निक्षेप ७६ प्रतिशतले वढाएर ११ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ । रियलस्टेट ऋण भने २८ प्रतिशतले  घटाएको बैंकले जनाएको छ ।
लुम्बिनी बैंक
लुम्बिनी बैंकको नाफा आधा घटेको छ । बैंकले अघिल्लो वर्ष ३८ करोड ९६ लाख नाफा कमाएकोमा यसपाली १९ करोड ३४ लाखमा चिक्त वुझाउनु परेको छ । नोक्सानी व्यवस्थाको रकम वढेको तथा व्याज आम्दानी घटेका कारण नाफा झरेको हो । बैंकले गत वर्ष ऋण लगानी १२ प्रतिशतले वढाएर ६ अर्ब ९७ करोड र निक्षेप ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकको ब्याज आम्दानी साढे २ प्रतिशतले घटेको छ ।
एनएमबी बैंक
एनएमबी बैंकको नाफा ७५ प्र्रतिशतले घटेर ५ करोड ५४ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले २२ करोड १५ लाख नाफा कमाएको थियो । ऋण नउठेर नोक्सानी व्यवस्थामा ६ सय ६५ प्रतिशत वढी रकम छुट्याएका कारण नाफा घटेको हो । बैंकले ऋण १० प्रतिशतले वढाएर १२ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । निक्षेप २४ प्रतिशतले वढाएर १६ अर्ब रुपैयाँ पुर्याएको छ ।
 

Tata
GBIME
Nepal Life