BIZMANDU
www.bizmandu.com

इक्रा नेपालबाट ग्रेड थ्री रेटिङ, चुक्तापूँजी ६० करोड रुपैयाँ पुग्ने, काबेली बी ­ बनाउन हकप्रद

२०७० पुष १६

काठमाडौं । अरुणभ्याली हाइड्रोपावरको हकप्रदले क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट ग्रेड थ्री रेटिङ पाएको छ । कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले हकप्रद सेयर माघ महिना भित्रमा ल्याउने जानकारी दिनुभयो । कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले पाएको ग्रेड थ्री रेटिङले आधारभुत पक्ष औसत रहेको जनाउँछ । इक्राले कम्पनीहरुको व्यावसायमा भएको प्रतिस्पर्धा, वित्तीय अवस्था, नया योजनाहरुको जोखिम र सम्भावना लगायतका बिषयहरुलाई मूल्यांकनको आधारको रुपमा समेत हेरिएको हुन्छ ।

कम्पनीले यो हकप्रद सेयर जारी गरेपछि चुक्तापूँजी ६० करोड ९८ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीको हाल ३० करोड ४९ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । यो हकप्रद सेयरको लागि बुक क्लोज अघिसम्म कम्पनीको सेयरमा लगानी गरेकाहरुले खरीद गर्न पाउँने छन् । कम्पनीले बुक क्लोजको मिति सार्वजनिक गर्न बाँकी छ । चालु आवको पहिलो त्रैमाशमा कम्पनीको नाफा एक करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीले बिद्युत् बिक्रीबाट दुई करोड १६ लाख रुपैयाँ र अन्य स्रोतबाट २१ हजार आम्दानी गरेको छ । कम्पनीले यसबर्ष १५ प्रतिशत बोनस सेयर समेत दिएको थियो ।  
कम्पनीले काबेली बी ­१ आयोजनाको निर्माणको लागि हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको गत भदौंमा सम्पन्न साधारण सभामा तीन बर्ष भित्र यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरिएको थियो । काबेली बी ­ १ आयोजनामा अरुणभ्यालीले आफ्नो सहायक कम्पनी अरुण­काबेली पावर लिमिटेड कम्पनी मार्फत् गर्न लागेको हो । अरुण­काबेली पावर लिमिटेडमा अरुणभ्याली हाइड्रोपावर कम्पनीको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । काबेली बी ­१ आयोजनाको क्षमता २५ मेगावाट रहेको छ ।

Tata
GBIME
Nepal Life