BIZMANDU
www.bizmandu.com

मूल्य यता मात्र होइन उता पनि बढ्यो, जी २० मुलुकको आपतकालीन बैठक

२०६९ साउन ३०

पेरिस । विश्व बजारमा खाद्यान्नको भाउ आकासिन थालेपछि फ्रान्स, अमेरिका र जी २० राष्ट्रका मुलुकहरुको आपतकालिन बैठक डाकिएको छ । यही अगस्टको अन्तिमतिर यो बैठक बस्ने निर्णय भएको छ ।
अमेरिकामा आधा शताब्दीपछिको सबैभन्दा ठूलो खडेरीले खाद्यान्नको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । गत वर्षको जी २० बैठकमै बजारमा आउने अस्वभाविक समस्या समाधान गर्न ¥यापिड रेस्पोन्स फोरम गठन भएको थियो । यही फोरमबाट खाद्यान्नको मूल्य घटाउने बारे छलफल हुनेछ ।
विश्व खाद्य कार्यक्रमले यो वर्ष सन् २००८ मा जस्तै खाद्यान्न संकट दाहोरिने चेतावनी दिएको छ ।

Tata
GBIME
Nepal Life