BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंक बन्यो देशको दोस्रो ठूलो बैंक, चुक्ता पुँजी पुग्यो साढे पाँच अर्ब

२०६९ साउन २९

राष्ट्रिय बाणिज्य बैंक बन्यो देशको दोस्रो ठूलो बैंक, चुक्ता पुँजी पुग्यो साढे पाँच अर्ब
राष्ट्रिय बाणिज्य बैंक बन्यो देशको दोस्रो ठूलो बैंक, चुक्ता पुँजी पुग्यो साढे पाँच अर्ब

काठमाडौं । पुस मसान्त भित्र चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले  दिएको निर्देशन बमोजिम राष्ट्रिय बाणिज्य बैंकले हकप्रद सेयर जारी गरेको छ । शतप्रतिशत सरकारी स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंकले एक शेयर बराबर ११ दशमलव २२ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजीका आधारमा राष्ट्रिय बाणिज्य बैंक कृषि विकास बैंक पछिको ठूलो बाणिज्य बैंकका रुपमा स्थापित भएको छ ।
पुँजी वृद्धिका लागि असारको अन्तिम सातामा सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई चार अर्ब ३२ करोड ५३ लाख १० हजार रुपैयाँ निकासा गरेको थियो ।
बैंकसँग ३८ करोड ५३ लाख रुपैयाँ बराबरको साधरण सेयर छ, यसैको ११ दशमलव २२ प्रतिशतको अनुपातमा हुने गरी सरकारले चार अर्ब ३२ करोड लगानी थपेको हो । बैंकसँग ७८ करोड ७० लाख रुपैयाँ बराबरको एक प्रतिशत प्रिफरेन्स सेयर छ । यसलाई पनि बैंकले साधरण सेयरमा परिवर्तन गरी बैंकको चुक्ता पुँजी एक अर्ब १७ करोड २३ लाख रुपैयाँ पु¥याएको छ ।
चार अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर जारी गरेपछि राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पुँजी पाँच अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बाणिज्य बैंक समूहमा राष्ट्रिय बाणिज्य बैंकभन्दा ठूलो चुक्ता पुँजी भएको बैंक अब कृषि विकास बैंक मात्र हो ।
बैंकको चुक्ता पुँजी बढाउने निर्णय साउन २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको थियो । राष्ट्र बैंकले बैंकलाई पुसमसान्त भित्र पुँजी वृद्धि सम्वन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न असार २४ गते निर्देशन दिएको थियो ।
यो निर्देशन बमोजिम अब बैंकले एनआईडीसी बैंकसँग मर्ज गर्नुपर्ने हुन्छ । एनआइडिसी बैंकसँगको मर्जपछि बैंकको चुक्तापुँजी थप ४१ करोड ५८ लाख २० हजार रुपैयाँले बढ्नेछ ।
बैंकले साढे आठ अर्बको चुक्ता पुँजी पुर्याउन सरकारलाई तिर्न बाँकी आठ करोड ६५ लाख ७० हजार रुपैयाँ लाभांशलाई पनि चुक्ता पुँजीका रुपमा परिवर्तन गर्दैछ । यसैगरी बैंकले बैंकको किताबमा रहेको ३० वर्षको भुक्तानी अवधि रहेको विश्व बैंकबाट प्राप्त साढे दुई अर्ब रुपैयाँको एसडिआर ऋणलाई पनि चुक्ता पुँजीमा परिणत गर्दैछ ।

Tata
GBIME
Zonsen