BIZMANDU
www.bizmandu.com

तीज हुने भयो खल्लो, सुन प्रतितोला ५७ हजार चार सय, एतिहाँसिक उचाई नजिक

२०६९ साउन २९

तीज हुने भयो खल्लो, सुन प्रतितोला ५७ हजार चार सय, एतिहाँसिक उचाई नजिक
तीज हुने भयो खल्लो, सुन प्रतितोला ५७ हजार चार सय, एतिहाँसिक उचाई नजिक


काठमाडौं । साताको दोस्रो दिन सुन तोलामा दुई सय रुपैयाले महँगो भएको छ । आइतवार मात्रै सुन प्रतितोला एक सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले सोमवारका लागि छापावल सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँ पुगेको छ । सोमवार तेजावी सुनले पनि ५७ हजार रुपैयाँको सीमा नाघ्दै  प्रतितोला ५७ हजार एक सय ५० रुपैयाँ तोकेको हो ।
गत साताको सुरुका केही दिन सुन ५७ हजार तल नै कारोवार भएको थियो । साताको अन्तिम दिन शुक्रवार तीन सय रुपैयाँले बढेर ५७ हजार एक सय रुपैयाँमा पुगेको सुन आइतवार थप एक सय रुपैयाँले बढेको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुनु र सुनको ठूलो खपत हुने नेपाल र भारतमा चाढपर्व नजिक आउनुले पनि सुनको माग बढेको छ, यसले सुनको भाउ पनि बढाएको छ ।
सोमवारको मूल्यवृद्धिले सुन नयाँ रेकर्डको नजिक पुग्न लागेको छ । गत असार ६ गते सुनले एतिहाँसिक रेकर्ड बनाउँदै ५७ हजार सात सयको सीमामा पुगेको थियो । सुनको मूल्यवृद्धिमा देखिएको यो रफ्तारले केही दिनभित्रै सुनले नयाँ रकर्ड बनाउन सम्भावना देखाएको छ । सुनसँगै चाँदी पनि महँगो भएको छ । प्रतितोलामा १० रुपैयाँले मूल्य बढेर चाँदी प्रतितोला एक हजार ३५ रुपैयाँ पुगेको छ ।

Tata
GBIME
Nepal Life