BIZMANDU
www.bizmandu.com

पूर्व राजपरिवारका सदस्यको सम्पत्ति खोज्न प्रधानमन्त्रीको निर्देशन

२०६९ असार १५

काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजपरिवारका सदस्यहरूको सम्पत्ति खोजन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल ट्रष्टको आर्थिक वर्ष २०६७/२०६८ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले पूर्व राजपरिवारको नाममा संसारका जुनसुकै स्थानमा रहेका सम्पत्ति राज्यको भएकाले त्यसलाई व्यवस्थितरुपमा खोजविन गरी संस्थागत गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भावी सन्ततिका लागि पनि त्यो सम्पत्ति साँस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहने भएकाले त्यसको जगेर्ना गर्न निर्देशन दिनुभएको नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले जानकारी दिनुभयो । अहिलेसम्म पूर्व राजपरिवारका नाममा काठमाडौं भक्तपुर चितवन हेटौडामा हजारौं रोपनी जग्गा फेला परेको छ । त्यसैगरी पोखरामा रत्नमन्दिर मकवानुपरमा हेटौडा दरवार र भरतपुरमा दियालो बंगला काठमाडौंमा गोकर्ण रिसोर्ट छ । ट्रष्टले पूर्वराजाका केही सम्पत्ति लिजमा समेत दिएको छ । लाजिम्पाटमा स्ट्याण्डर्ड चार्टड बैंक बसेको छ ताहाचलमा ट्रष्टको कार्यालय ताहाचलमै हिमशैल आउटर कलेक्सन टेकुमा बुद्धवारी कम्प्लेक्स छ । त्यसैगरी बालाजु कमलादी र महाराजगाजको घर पनि ट्रष्टको नाममा आइसकेको छ ।
त्यसैगरी ट्रष्टको नाममा नविल बैंकमा ३४ हजार ३९८ कित्ता औद्योगिक विकास निगममा छ हजार ७५० कित्ता र अन्नपूर्ण होटलमा १५ हजार ३६० कित्ता सेयर छ ।

Tata
GBIME
Nepal Life